शुक्रबार, पौष २५, २०७६ || 868  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुस-२५:नागरिक दैनिकमा मधेसको विकासमा चिनियाँ चासो शीर्षकमा समाचार प्रकाशित छ । राष्ट्रिय जनता पार्टी (राजपा) को बबरमहलस्थित कार्यालयमा पुगेर चिनियाँ नेताले तराई–मधेसको विकासमा सहयोग गर्ने र लगानी बढाउन प्रतिबद्धता जनाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका एसिया व्युरो महानिर्देशक सियु सङ तथा नेपाल–भारत विभागका निर्देशक च्याङ जिउ क्विङले बुधबार राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो र नेता महन्थ ठाकुरसँग कुराकानी गरेका हुन् । कुराकानी करिब एक घण्टा भएको जनाएको छ । संयोजक महतोले चिनियाँ नेतासँगको भेटमा आफूहरुले मधेसको अवस्था र देशको समग्र स्थितिको बारेमा जानकारी गराएको बताए । ‘उहाँहरुले नेपालको विकासमा सक्दो सहयोग गर्छौं भन्नुभयो,’ उनले भने । स्रोतका अनुसार दुई देशका नेताहरुबीच भएको भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र राजपाबीच आपसी सम्बन्ध विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो । राजपाका नेताहरुले नेपालको सन्तुलित विकासमा सहयोग पु¥याउन चिनियाँ नेताहरुसँग आग्रह गरे । उक्त आग्रहलाई चिनियाँ नेताहरुले पनि सकारात्मकरुपमा लिएको राजपाका नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!