प्रदेश न -१ को राजधानी बिराटनगरमा पछिल्लो समय कोरोना संक्रमणको घटना बढेपछी बिराटनगर महानगरपालिका आज राती १२ बजेपछी लकडाउने गर्ने बिराटनगर महानगरपालिकाले निर्णय भएको स्रोतले हिपमत डटकमलाई जानकारी दिएको छ। पछिल्लो समय बिराटनगरमा समुदाय स्तरमा कोरोना फैलिएको छ भने विभिन्न अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरुमा समेत कोरोना देखिएको । कोरोनाको घटना दिन प्रतिदिन बढ्दै गईरहेको बेला बिराटनगर महानगर पालिकाले यस अघि पनि लकडाउन लगाउन खोज्दा प्रदेश सरकारले गर्न नदिएको गुनासो बिराटनगर महानगरपलालिकाका प्रमुख भिम पराजुलीले लगाउनु भएको थियो। बिराटनगर तथा नजिकको स्थानहरुमा कोरोना संक्रमन फैलिन नदिन लक डाउन गरिएको ह।