बिहिबार, पौष २४, २०७६ || 1056  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुस-२४:२० लाख पर्यटन भित्राउने महत्वकांक्षी लक्ष्यसहित नेपाल भ्रमणवर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक भने निराशाजनक रहेको पाइएको छ ।सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन अघिल्लो वर्ष २०१८ को तुलनामा १.७५ प्रतिशतले कम हो । अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो सन् २०१७ तुलनामा २४.७ प्रतिशतले बढी थियो ।यसरी हेर्दा सन् २०१८ को पर्यटक आगमन हालसम्मको उच्च देखिएको छ । सन् २०१९ मा पनि नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा बढी दक्षिण छिमेकी मुलुक भारतबाट २ लाख ९ हजार ६११ र दोस्रोमा उत्तरी छिमेकी चीनबाट १ लाख ६९ हजार ५४३ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!