प्रचण्डलाई ‘गो अहेड’ भन्ने बामदेव एकाएक ‘यूटर्न’

भैँसेपाटीमा गौतमसँग ओलीको २ घण्टा लामो छलफल, नेकपाभित्र तरंग

बुधबार, साउन १४, २०७७ || 849  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवादमा आफ्नो धारणा स्पष्ट गर्न केही अघि नै तयारी अवस्थामा थिए, उपाध्यक्ष बामदेव गौतम । सो विषय समाचारको रुपमा बाहिर आएको पनि थियो । तर, साउन ६ गते उनको निजी सचिवालयले वामदेव गौतमले पार्टीभित्र विकसित परिस्थितिबारे वक्तव्य जारी गर्ने भनी आएका हल्ला निराधार भएको भन्दै उनले आफ्ना कुरा बैठकमै राख्ने बताएको थियो । तर सचिवालयले यस्तो बताएको सातै दिनमा मंगलबार गौतमको लिखित धारणा आयो ।

पार्टीभित्रको विवाद मिलाउन भन्दै गौतमको ६ बुँदे लिखित प्रस्ताव मात्र आएन, उक्त प्रस्तावले कोरोना र आफ्नो स्वास्थ्यको कारण हतपत बालुवाटारबाट ननिस्किने प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको निवास भैंसेपाटीसम्म पुर्यायो । जुन आश्वासन र भरोसाका साथ गौतमको लिखित प्रस्ताव आयो, त्यही भरोसालाई कायम राख्न ओली गौतम निवास पुगेको बुझ्न कठिन छैन । भैँसेपाटी पुगेर ओली गौतमसँग दुई घण्टा कुराकानी गरेर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!