मंगलबार, साउन १३, २०७७ || 678  पटक पढिएको

पार्टी एकतालाई अक्षुण्ण राख्न लामो समयदेखि प्रधानमन्त्री निवासमा स्थगित हुँदै अघि बढेको नेकपा स्थायी समिति बैठक आज अर्को स्थगन सूचनालाई अवज्ञा गर्दै सुचारु भएको छ ।

एकै ठाउँ तर अलग–अलग बैठक पनि आजै पहिलोचोटि देख्न पाइएको छ । प्रधानमन्त्रीको नेतृत्वमा १३ जनाको छुट्टै बैठक बस्यो भने अर्का अध्यक्ष प्रचण्डले अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा (आमन्त्रित) सहित ३१ भाइ संलग्न बैठक सञ्चालन गर्नुभयो ।

बहुमतको भेलामा पूर्वमाओवादी खेमाका लेखराज भट्ट, टोपबहादुर रायमाझी, रामबहादुर थापा बादल र मणि थापाको उपस्थिति देखिएन । यो टोली प्रधानमन्त्रीद्वारा डाकिएको समानान्तर भेलामा पनि गएन ।

बहुमतको भेलामा उपस्थित महासचिव विष्णु पौडेल बैठक शुरु हुनासाथ निस्किएर प्रधानमन्त्रीको तिर जानुभयो भने रघुवीर महासेठले पनि उहाँलाई पछ्याउनुभयो ।

बहुमतको भेलामा मन्त्रीहरु घनश्याम भुषाल र योगेश भट्टराईको समेत उपस्थिति थियो । पार्टी एकता कायम गर्न अझै मेहनत गर्ने मन्त्रीहरुकै सुझावको लाइनमा आजको बैठक टुंगिएको छ । यसबीच दुईपक्षबीच घनिभूत छलफल अघि बढाउने र सहमति हुन नसकेमा पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने निधो भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!