बीरेन्द्रकुमार साह
हिपमत डटकम
विराटनगर पौष २४: नेपाल बाल संगठन मोरंग जिल्लाको ५० औ स्थापना दिवशको अवसरमा बिराटनगर महानगरपालिका तथा नेपाल बाल संगठन मोरंगको सयुक्त आयोजनामा महानगर स्तरिय आधारभूत बिधालयले कक्षा १ देखि ५ सम्मको तेस्रो रनिङशिल्ड हाजिरी जवाफ प्रतियोगिताको समापन समारोह सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आथित्यता बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले गर्नु भएको थियो।

कार्यक्रममा नेपाल बाल संगठन मोरङ र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अर्जुन प्रसाद निरौलाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा आगन्तुक अथितिहरुलाई नेपाल बाल संगठनका मोरंगका कोशाध्यक्ष भुवनेश्वर मण्डलले स्वागत मन्तब्य राख्नु भएको हो भने
कार्यक्रमलाई संगठनका जिल्ला सचिब राजु मास्केले संचालन गर्नु भएको हो ।

कार्यक्रममा बिराटनगर महानगरपालिका शैक्षिक प्रशासन प्रमुख दुर्गा खतिवडा,जिल्ला शिक्षा समन्वय एकाई मोरंगका साखा अधिकृत जिवन गडतौला,केशब निरौला,श्याम पौडेल,राजेश मास्के लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
श्री बाल मन्दिर आधारभूत बिधालयको बार्षिक प्रतिवेदन बिधालयका प्र. अ. नेत्रप्रसाद पराजुलीले प्रस्तुत गर्नु भएको थियो।

 

उक्त प्रतियोगितामा श्री बाल मा. बि. रानी बिराटनगर -१३ ले प्रथम स्थान हासिल गरेको छ भने दृतिय स्थान आदर्श मा बि बिराटनगर तथा तृतीय स्थान श्री मदन नगर आधारभूत बिधालयले ओगेटेको छ ।

 


प्रथम दृतिय तृतीयलाई क्रमस नगद पुरस्कार सहित ट्रफी,प्रमाण पत्र,मेडल प्रमुख अथिति भिम पराजुली लगायत अथितिहरुबाट प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!