सोमबार, साउन १२, २०७७ || 782  पटक पढिएको

आफ्नोतर्फबाट पार्टी बिभाजनलाई बल पुर्याएको आक्षेप नलाग्नेगरी वीचको उपयुक्त निकास निकाल्न नेकपाका दुबै पक्षको सक्रियता बढेको छ ! तर, खुमल्टार र बालुवाटारमा आ-आफ्नै कित्ता निरन्तर भेला भए पनि दुई अध्यक्षको तहमा भने सहमति जुट्न सकेको छैन । आज रातारात या भोलि बिहानसम्म कुनै चमत्कार भएन भने स्थगित स्थायी समिति बैठक बसेर अध्यक्ष तथा प्रधानमन्त्रीलाई एउटा पद रोजी पार्टी बिधि-अनुशासनको सम्मान गर्न निर्देशन दिने र केन्द्रीय कमिटी बैठकको तिथि तोक्ने प्रचण्ड-नेपाल खेमाको तयारी छ भने अर्को पक्ष भोलिको बैठकमा सहभागी नहुने सम्भावना पनि उत्तिकै देखिन्छ । यसवीच एक्लाएक्लै र समूहगत रूपमा दुबै तर्फबाट यथासम्भव सबै स्थायी समिति सदस्य, मन्त्री, मुख्यमन्त्री, साँसदहरुसङ्ग छलफल चलिसकेको छ । प्रधानमन्त्रीले कुनै पनि पद नछाड्ने बरु परिस्थितिको सामना गर्ने अडान प्रकट गरिसक्नुभएको छ भने अर्को पक्षले अब डेडलकको स्थिति लम्ब्याइरहेर फाइदा नहुने निश्कर्ष निकालेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!