प्रदेश १ को बर्खे अधिवेसन अन्त्य

बर्खे अधिवेसन अन्त्य

शुक्रबार, साउन ०९, २०७७ || 721  पटक पढिएको

प्रदेश १ को बर्खे अधिवेसन अन्त्य भएको छ । प्रदेश १ को बजेट अधिवेशनमा ३७ बैठक बस्यो र ६२ घण्टा ३० मिनेट व्यतित भयो । स्क्रिन सेयरिङ गरेर प्रदेशसभाको दुईवटा हलमा बैठक सञ्चालन गरिएको थियो । अधिवेशमा सबै विधेयक र प्रतिवेदन सर्वसम्मत पारित भएका छन् । अधिवेशनबाट ऐन संशोधनसहित १० वटा विधेयक पारित भएका छ ।
त्यसैगरी सो अधिवेशनको अन्तिम दिन संसदलाई सम्बोधन गर्दै मुख्य मन्त्री शेरधनराईले कोराना भाइरसको संक्रमण जनस्तरसम्म पुग्ने अनुमान गरेका छन । मुख्यमन्त्री राईले सीमाक्षेत्रका नामा प्रवेशगर्ने स्थानहरु नियन्त्रण गरेर समुदायमा जानबाट कोभिडलाई रोक्न सफल रहेको दावी गरे । मुख्यमन्त्री राईले पीसीआर परीक्षणको दायरा बढाएर समुदायमा पु¥याउने दावी छ ।
प्रमुख विपक्षी दल कांग्रेसका नेता राजीव कोइरालाले कोरोना नियन्त्रणका लागि थप धेरै काम हुन जरुरी भएको बताए । हामीले ध्यान दिएर काम गर्न जरुरी छ ।उनले कोरोनाको नाममा सरकारले गर्ने खर्चको पारदर्शिताबारे पनि जिज्ञासा जनाएका थिए ।
जनता समाजवादी पार्टीका दलका नेता जयराम यादवले सरकारले अपक्षित रूपमा काम गर्न नसकेको र सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले सरकारले विपक्षी दलले दिएको सकारात्मक सुझावलाई समेत वास्ता नगरेको बताइन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!