माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्था ले सुपत मुल्यकाे खाधन्य बस्तु हरु काे पसल सन्चालनमा ल्याएकाे छ । कहिले पनि नअस्ताउने सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सद्भावको रहर” भन्ने मुल नारा का साथ पुर्वि दक्षिणी भेगमा पहिलो पटक सुपत मुल्यकाे खाधान्न तथा दैनिक उपभोग्य वस्तु हरूकाेे पसल स्थापना भएको छ । रंगेली नगरपालिका ७ काे दुर्गा मन्दिर छेऊ मा रहेेेकाेे आफ्नै भवन मा शुक्रबार देखि सुपत मुल्य काे पसल सन्चालन मा ल्याएको छ । घरेलुु तथा साना उद्योग बिराटनगर द्वारा अनुदान कार्यक्रम अन्तर्गत सुुुपत मुल्य काे खाधन्य पसल शुक्रबार एक कार्यक्रम काे आयाेजना गरि उद्घाटन गरिएको छ । कार्यक्रममा रंगेली नगरपालिका का मेयर दिलिप बगडिया ले पसल मा रिवन काटेर उद्घाटन गरेका छन । कार्यक्रम लाई सम्बाेधन गर्दे प्रमुख अतिथि ले भने सद्भाव ले यसरी जनता काे माझमा बजार भाउ भन्दा सस्तोमा खाधन्य पसल सन्चालन गरेको मा धन्यवाद दिदै अागामि दिन हरुमा यसलाई कमप्लेस काे रुपमा लैजान र आफुले समेत सक्दाे सहयोग गर्ने प्रतिव्यधयता समेते जनाएका छन । संस्था का अध्यक्ष कमलेेेेश्वर ठाकुरले ले भने यस सस्तो पसल बाट रंगेली नगरपालिका भित्र तथा अन्य स्थानका उपभोक्ता हरुले बजार मुल्य भन्दा सस्तो मुुुुल्यमा सामान खरिद गर्ने सक्ने र बिस्तारै यस संस्थाले आगामी दिन मा सद्भाव सस्तो बजार खाेल्ने समेत तयारीमा रहेको बताए । काार्यक्रममा बडा अध्यक्ष रामचन्द्र मंन्डल ,समाजसेवी मचिन्द्र कटुवाल संस्थाका सत्यनारायण सहनी , प्रसाद ठाकुर , मनाेज साह , लगायतको उपस्थिति समेत रहेको थियोे ।