मंगलबार, साउन ०६, २०७७ || 863  पटक पढिएको

पूर्व सांसद सरिता गिरी भारत प्रस्थान् गरेकी छिन् । हालै मात्र उनको सांसद पद गुमेको थियो । नेपालगञ्ज नाका हुँदै उनी भारत प्रस्थान गरेको विश्वस्त सूत्रले जानकारी दिएको छ । गिरी नयाँ दिल्ली जाने भएकी हुन् । त्यहाँ रहँदा उनले भारतीय नेताहरूसँग भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको छ । यसअघि पनि उनी सिराहा हुँदै भारत जान लाग्दा उनलाई रोकिएको थियो ।

गिरी समाजवादी पार्टी, नेपालकी सांसद थिईन् । समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो। संसद सचिवावलयले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो । नेपालको नयाँ नक्साको गिरीले विरोध गरेकी थिइन्।

उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन्। त्यस्तै गिरीले विधेयकको विरोधमा संशोधन समेत दर्ता गराएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!