हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ । हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत १ सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिराका घटनाहरु बढेको विभागले जनाएको हो । विभागका महानिर्देशक सरजु वैद्यका हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुने वित्तिकै ठाउँठाउँमा पहिरोका घटनाहरु भएको हो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक वैद्यले साउन ९ गतेसम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने बताए । विगत तीन दिनयता प्रदेश नम्बर २, ५ र गण्डकी प्रदेशमा १ सय ५० देखि २ सय मिमिलिटर पानी परेको छ ।

मनसुन सुरु भएयता प्रदेश नम्बर १ , २, र ५ मा औषतभन्दा २ सय प्रतिशत बढी पानी परेको छ । विभागले कोसी नदीको चतरा, बागमती नदीको खोकना, नारायणी नदीको देवघाटमा खतराको तह पार गरेको बताएको छ । नारायणी नदीको देवघाट, अरुणको सिम्ले, तमोरनदी र त्रिवेणी नदीमा जल सतह खतराको तहमा पुगेकोले सतर्कता अपनाउन महानिर्देशक सरजुको अनुरोध छ । आज सुस्ता आसपास र तटिय क्षेत्रमा डुबानको जोखिम रहेको उहाँले बताउनुभयो । आगामी तीन दिनसम्म प्रदेश नम्बर १, २, ५, बागमती र गण्डकी प्रदेशका नदीहरुमा बाढीको जोखिम रहेको विभागले जनाएको छ । विभागले बाढीको पूर्व सूचना समेत प्रदान गरिरहेको छ । मनसुन सुरुभएयता मात्रै ५० लाख १७ हजार २ सय ३३ वटा मोबाइल एसएमएस मार्फत पूर्व सूचना दिइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!