मंगलबार, साउन ०६, २०७७ || 853  पटक पढिएको

लगातार दुई–तीन दिनदेखि परेको मुसलधारे वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र जलमग्न भएको छ । लगातारको वर्षाका कारण विभिन्न नदी हुँदै बगेर आएको पानीको बहाव औद्योगिक क्षेत्रमा पसेपछि डुबान भएर जलमग्न भएको स्थानीय गजेन्द्र मण्डलले जानकारी दिए ।

सप्तरीको रुपनी गाउँपालिकास्थित बस्बिटीमा पर्ने सो औद्योगिक क्षेत्र वरिपरि पानीको निकास हुननसक्दा जलमग्न भएको हो । औद्योगिक क्षेत्र डुबान हुँदा त्यसभित्र रहेका उद्योगमा समेत पानी पस्दा लाखौँ मूल्य बराबरको क्षति भएको औद्योगिक क्षेत्रले जनाएको छ ।

सरकारी उपेक्षाको मार खेप्दै आएका औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्दै आएकामा लगातारको वर्षाका कारण डुबान हुँदा केही उद्योगमा पानीसमेत पसेको उद्योगी व्यवसायीहरुले बताएका छन् । औद्योगिक क्षेत्रभित्र मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इण्डस्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगलगायत सञ्चालमा छन् । औद्योगिक क्षेत्रको पूर्व र दक्षिण छेउबाट बग्ने पानीको बहाव थुनिएर पानी निकास नभएका कारण औद्योगिक क्षेत्र जलमग्न भएको स्थानीयवासीको भनाइ छ ।

यस्तै लगातार तीन दिनदेखि भइरहेको वर्षाले सप्तरीको दक्षिणी र पश्चिमी भेगका तिलाठी को इलाडी र बलानबिहुल गाउँपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । भलुवाहीखोलामा आएको बाढीले नि कास नपाउँदा राजविराज नगरपालिका वडा नं १, २, ५, ६, ७, ८, १० र १५ का करिब १५० घर डुबानमा परेको जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!