सोमबार, साउन ०५, २०७७ || 775  पटक पढिएको

जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५८२० के.जी. माछा बरामद गरी नष्ट गरेको छ । गत शुक्रबार अपरान्ह ५ बजे इनरुवा-४ बाट भारतिय नम्बर प्लेटको WB 25 J 6141 नम्बरको ट्रकमा लोड गरी ल्याएको माछा प्रहरीले बरामद गरेको हो । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले भारतिय नम्बर प्लेटको उक्त ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतबाटै ल्याएको उक्त परिमाणको माछा फेला पारी बरामद गरेको हो । भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित गरिएको माछा ल्याईएको पाईपछी ट्रक सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै ट्रक र ट्रक चालक भारत पश्चिम वंगाल स्वरुप नगर बस्ने २४ वर्षीय मो. इमामुल गोल्दारलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी सेतु वन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको र बरामद गरिएको माछा पशु पंक्षी तथा सत्स्य विकास निर्देशनालयको रोहोवरमा खाडल खनि नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!