बुधबार, पौष २३, २०७६ || 879  पटक पढिएको

-पुष्प आर.जे 

नेपालको पुर्वी भाग अनि भारत संगै सिमाना जोडिएको जिल्ला झापा। त्यसमा पनि जुरोपानी ग्रामीण भेग। जहाँ सरकारको नजर न्यून छ। साँझ नपर्दै हुने चोरी डकैतीले आजित बनेको सानो सहर नजिकै स्थापीत प्रहरी चौकीले केही आस देखाएपनि दिउँसै टिल्ल भएर हिड्ने प्रहरीबाट बेला बेला स्थानीय हरुलाइ सताईन्छ।

कार्तिकलाल उमेरले ३० नाघेका अनि आँखाले नभ्याउने जग्गाजमिन। भनौ उ यहाँको भूमीपुत्र हो जो बर्षौ देखि खानदानी जमिन्दारी देखाउदै बसिरहेको छ। काठको ठुलो घर, पाहुनाको लागि बेग्लै छ। तम्माखु र हुक्का तैयार गरिदिने अरुनैछन्। नोकर चाकर पनि प्रसस्त । खेती गर्न ठुला-ठुला गोरुहरु पालिएको छ बेग्लै घर बनाई। ठुलो आगन वरिपरि फलफूल का बगान सगै बाधिएको हाथी जसले कार्तिकलालको बेग्लै सान र सम्मान झल्काउछ। हाथीमा सवारी हुदा बाटोमा नमस्कार गर्ने टन्न हुन्थे। सार्हो गार्‍हो पर्दा महङ्गो ऋण मा पैसा दिने नतिर्ने को जे जे छ त्यहीँ उठाउने। केही नभएकाले हलि गोठालो गरि ऋण तिर्नु पर्दथ्यो। यो सबै काम को जिम्मा मुन्सीको थियोे। उ त पढेलेखेको थिएन, खालि मुन्सीले भनेको मात्र सुन्ने र आदेश दिने गर्दथ्यो।

बिवाह गरेको यतिका बर्ष सम्म पनि कार्तिकलालका कुनै संतान भएका थिएनन्। कोसिस नगरेको हैन पहिलो श्रीमती अाफु भन्दा धेरै कान्छी उमेरको संग बिवाह गरेको थियोे, उ २५ बर्षको हुदा। पहिलोपटक नानीहुन लाग्दा सानो उमेर भएर नानी पाउन नसकी मृत्यु भएको थियोे। गाउँमा चोरी डकैती बडीरहेको थियोे। यसले कसैलाई आनन्द संग सुत्न दिएको थिएन। कुनै न कुनै गाउँमा चोरी न भएको दिन हुदैनथ्यो। कार्तिकलालको नि बेला बेला गोरु चोरिएको हुन्थ्यो। यस्तो अवस्थाबाट वच्न सबै चाहान्थे । यता श्रीमती मरेको चिन्ता उता चोरीको घट्ना। केही सोच्न नै सकेको थिएन उस्ले।

आफन्तको सल्लाह अनुसार दमकबाट नेपाली समुदायको कोही मान्छे ल्याउन सल्लाह दिन्छन्। खोज्दै जादा हेर्दा ठुलो ज्यान भएको अनि बहादुर झै देखिने एक रिक्सा चालक संग भेट हुन्छ। समान्य परिचय भई गफगाफ हुन्छ। तर धेरै पल्ट दमक अाउदा उसैको रिक्सा मा चडेको नि हुन्छ। एकदिन उसैलाई खोज्दै उसको डेरमा पुग्छ कार्तिकलाल जहाँ विभिन्न उमेरका ५-६ जना केटाकेटी खेलिरहेका हुन्छन्।

नमस्कार…घरमा को हुनुहुन्छ , यो घर ज्ञानबहादुरको हो उहाँलाई भेटौ भनेर आएको।

बस्दै गर्नुन बाबा आउदै हुनुहुन्छ भनी उस्की ठुली छोरी सेतीले जवाफ दिई र बस्न आग्रह गर्दै गुन्द्री ओछ्याई दिन्छे।

” ए सेतीकि आमा पानी ले त”, रिक्साको घण्टी बजाउदै आगनिमा पुरुष बोली कराउछ। सेतीकि आमा हतार हतार अंखोरामा पानी ल्याई दिदै –
“तपाईंलाई भेट्न कोही आउनु भएको छ। धेरै बेर भयो पर्खेको।”

ज्ञानबहादुर :- “नमस्कार मैले तपाईंलाई चिन्न सकिन नि। फेरि के कामले आउनु भयो पसिना पुच्दै।”
कार्तिकलाल:- ” म तिम्रो रिक्सामा धेरै पल्ट चडेको छु।
मेरो घर जुरोपानी हो,मेरो जग्गा जमिन टन्न छ।हेरचाह गर्ने बिश्वासिलो मान्छे कोही छैन।यदि तिमी मेरोमा आयौ भने ५ बिघा जमिन र एउटा घर तिम्रो नाममा गरिदिन्छु।”

अचानक आएको यस्तो प्रस्तावले उ केही सोच्न सकेन।
ज्ञानबहादुर :- खै हजुर दिनमा धेरै जनालाई बोक्छु रिक्सामा कतिले मलाई चिन्छन् म कतिलाई चिन्दिन।
मलाई अलि समय दिनुस् । अहिले नै हिड्ने अवस्था छैन।अर्काको रिक्सा चलाउछु।घरमा खाने कुरा सकिदैछ।आफ्नो वास्तविक अवस्था देखाउछ।

कार्तिकलाल:- ” ल लेउ यो ५०० अबको २० दिन पछि म लिन मान्छे र गोरुगाडा पठाउछु। अन्य कुराको छलफल भयो र उ नमस्कार गर्दै बिदा भयो ।”

नजिकै ढोकामा ठुली छोरी र आमा यो सब कुरा सुनिरहेका थिए।अब गरीब को दिन सकिएको र राम्रो खाने अनि लाउने दिन अाए झै लाग्यो। हुन पनि पहाडबाट झरेपछि कहिले राम्रो खान अनि लाउन पाएको थिएन। यतिका बालबच्चा धेरै गार्‍हो भएको थियोे। अन्य ठाउमा चिनजान न भएकोले दमकको बगर छेउ खालि जमिनमा भाटाले बेरेर बसेको थियोे ।कार्तिकलाललाई पुर्याउन ज्ञानबहादुर आफै बस स्टेण्ड जान्छ।

ज्ञानबहादुर आउनु पुर्व नै उसका लागि कार्तिकलाले आफ्नो घर भन्दा केही पर बाँसले बेरेको घर पहिले नै तैयारी गरिदिएको थियोे। केही नोकर चाकर सहित ।उसलाई गरिखान ५ बिघा राम्रो जमिन वरिपरि छुट्टीयाई दिएको थियोे।

समय जान के समय लाग्छ र ज्ञानबहादुर ईमानदारी संग काम गर्दै गयौं। यसपटक उसलाई एउटा ठुलो काम जिम्मा दिएको थियोे। कार्तिकलालले अर्को गाउँको जमिन्दारको सालि संग बिवाह गर्यौ, जो हेर्दा सार्है सुन्दर थिईन् । एक महिना सम्म भोज चलिरहयो।जोडि मिलेको थियोे खानपिनको जिम्म नयाँ दुलही लिएकोले कार्तिकलाल फेरिदै गएको थियोे। तर बिवाह भएको २ बर्षमै पैसा र सुनचाँदीका गहना लिई घर बाटै हराई। अब भने उ थाकेको थियोे। न खोजेको पनि हैन…..कसैले भन्थे उ त भारत तिर गई।कोही भन्थे शहर तिर हराई ।यो घट्नाबाट उठ्न उसलाई धेरै समय लाग्यो । यस्तो एक्लो बेलामा घर मा सल्लाह गरेर नै ज्ञानबहादुरले आफ्नी छोरी सेतीलाई त्यस घरमा कार्तिकलाल को लागि खाना बनाउने, लुगा धुने, घर सफा गर्ने काम जिम्मा दिएको थियोे। कार्तिकलाल र सेती घरि घरि गफ गर्दथे। दुबै जान गफ गरेको परबाट हेर्दै ज्ञानबहादुर मनमनै के के सोच्ने गर्दथ्यो। उ चाहान्थ्यो दुबै नजिक हुन्।

आजभोल जिम्मेवारी बडेको थियोे ज्ञानबहादुर को। जतिखेर नि दुबै सगै हुन्थे जसले गर्दा उसको सम्पत्ति कति छ बल्ल थाहा हुदै गयो। तेत्रो सम्पत्ति देखेर कता कता मनमा पाप नपाएको हैन त्यहीँ पनि आफुले आफुलाई सम्झाएको थियोे उचित मौका को खोजिमा। हुन पनि पहाडमा थोरै सम्पत्ति भएको मान्छे। तराईमा आएर धेरै दु:ख गरेको थियोे। यतीका सम्पति देख्नु भनेको सपना झै थियो। अलि अलि उस्ले सम्पत्ति हड्प्ने र आफु धनी हुने जुक्ति निकाल्न थाल्यो। त्यसै अनुरुप उसले आफ्नो मीत भनी बिर्ख बहादुरलाई ल्यायो ।
कार्तिकलाल सगै हिड्दा उसको कम्जोरी पत्ता लगाउदै गयो। हतियार आफ्नो छोरिलाई बनाउने योजना निकाल्यो। हुनपनि पहिले बाटै सेती त्यहीँ घरमा काम गरेकीले योजना सफल हुनेमा पक्का थियोे। बस अब दुईमा घिउको कमी थियोे बाल्नलाई अापसमा। ज्ञानबहादुरले बिर्खेलाई भनेर नै कार्तिकलाल लाई उकासेको थियोे । बिर्खेले एकदिन एक्लै पारेर भित्र कोठमा गई सेतीले सुन्ने गरि :-
” मालिक तपाईं एक्लै हुनुहुन्छ,सेती राम्री नि छे,यो घर संग नजिक नि छे,तपाईंको हेरचाह राम्रो गरेकी छ,बिचार गर्नु है।”

यस पछिका दिनमा कार्तिकलालमा परिवर्तन देखा पर्न थाल्यो। जति खेर नि जे काम पर्दा नि सेती भनी कराउथ्यो।मानै दुबै एक अर्का का पुरक हुन्। कतै जादा कार्तिकलाल कै अनुरोधमा छोरी सगै लिएर जान थाल्यो। मानिसका बिचमा गाईगुई न चलेको हैन तर कसैले केही भन्ने हिम्मत गर्दैनथे।कार्तिकलात अब बिर्खबहादुर, ज्ञानबहादुर र उस्को छोरिको मात्र कुरा सुन्ने भएको थियोे।

ज्ञानबहादुर बिहान आगनीमा दतमिन गर्दैथियो, केही मानिस बरन्डामा थिए ।अचानक छोरी सेती बाक्क वाक्क गर्दै आगनिमा आई। उ भित्र त गई तर अन्य मान्छेहरुले देखेका त्यो वाक वाकिको खवर दिन प्रतिदिन फैलदै गयो। कसै कसैले राम्रो भन्थे तर कसैले अनेकौं कुरा काट्न थालेका थिए। यो खवर ले गर्दा लाजले कतै जान सकेन। तर योजना सफल भएको मा ज्ञानबहादुर मन मनै खुशि थियोे।

अन्तमा सबैको दवाव पछि सेतीको पेटको बच्चा आफ्नो भएको स्वकार गरि, कार्तिकलालले आफ्नो रितिअनुसार घर भित्रायो। सेति पनि राम्रो खान पाएर भर्खरकी झै देखिन थाली। महिना पूरा पुगे पछि पहिलो सन्तान को रुपमा छोरालाई जन्म दिई। अब घरमा दिन दिनै भोज चल्न थाल्यौं। हुन उस्ले ३३ बर्षमा बल्ल उ बाउ बनेको थियोे।

अब ज्ञानबहादुर ले यहीँ खुशीयालिमा छोरी सेतिलाई १० बिघा जमिन पास गरिदिए छोरी खुशी हुने बतायो। कार्तिकलालले केही नभनी पास गरियो यो नै ज्ञानबहादुर को पहिलो सफलता थियो। तर पछि कार्तिकलालले थाहा न पाउने गरि भोग र अधिकार सबै आफ्नो नाममा लियो। यसरी अब उस्को लक्ष सबै जग्गा हड्प्ने थियोे। जसलाई साथ दिएको थियोे बिर्खबहादुरले किन न दिओस केही नभएको मान्छेलाई २ बिघा जमिन को मालिक बनाई दिएको थियोे त्यो पनि सित्तैमा।

यसरी दिनहरु खुशि संग बित्दै थियोे। कार्तिकलाल ४२ बर्षको भईसकेको थियोे।नानीहरू आगनिमा देखेर धेरै खुशी हुन्थ्यो उ।बेला बेला हाथीको सबारी उ नि बाउ झै भएको थियोे।अनेकौं कोशिश गर्दा नि अर्को नानी भएको थिएन। यसैमा चित्त बुझाएको थियोे।

अाफ्नो योजना अझै सफल भएको थिएन।अनेकौं जुक्ति लाउदै गयो। मान्छेहरु संग चिनाजान बडाउदै लग्यो। अब भने आफन्तलाई भेट्न जाने निहुले अड्डामा लेखनदास संग मिलेर नभएको आफ्ना मान्छेको नाम मोहीमा लेख्न लगायो साथै फसाउनलाई बेनामे मुद्दा लगाई दियो कार्तिकलाल माथि ।यता पुलिस पनि उसको घर को गाउँ र ज्ञानबहादुर कहाँ अउन थाल्यौं।

कार्तिकलाल:- “हैन ससुरा किन आज भोलि पुलिस गाउँमा घुमिरहेका छन्।कसैले केही गर्यौ कि,अगि तपाई संग नि धेरै बेरसम्म कुरा गर्दैथिए।”

मौकाको फाईदा उठाउदै ज्ञानबहादुर :-
“केही हैन ज्वाइँ ,हजुरलाई कसैले मुद्दा लगाईदिएको रहेछ।खै कस कसलाई थिचोमिचो गर्नु भयो रे…!यी गाउँले अब जान्ने भएका म पत्ता लगाउछु।तपाईं केही दिन अर्को गाउँतिर जानुहोस लुक्न म मिलाएर खवर गर्छु।”

बिर्खबहादुर संग लगाई कार्तिकलाल लाई अर्को गाउँमा लुकाउन पठायो । उ नि कानुन को नजरबाट वच्न भाग्दै गयो। यहीँ मैकामा छोरिको १० बिघा जग्गामा केही आफ्नो नाममा र केही थोरै दाममा पहाड बाट आफन्त ल्याई बेचिदीयो।जब देखि ज्ञानबहादुर ससुरा भएका थिए, त्यसको केही दिन पछि हिसाब गडबडी भयो भनेर कामबाट निकालि आफै मुन्सी भएको थिए।
उता उसलाई मोजमस्तीमा भुलाईरहेका थिए। मिलाउन अझै केही लाग्ने भएकोले जग्गा बेच्न र यो काम मिलाई दिएकोमा केही जग्गा अाफ्नो नाममा गरिदिने सर्त सहित घर ल्यायो। धेरै समय पछि परिवार संग भेट्न पाएको मा कार्तिकलाल खुशि थियोे।फेरि आफ्नै ससुरा संका गर्ने ठाउँ पनि भएन।ससुराले भनी अनुसार नै गर्दै गयो। मोजमस्ती र नाचगानमा डुब्न थाल्यो।बेला बेला अनेक मुद्दा परिरहेको थियोे। तर आफु बच्ने आसले उसले खर्च गर्न डराएन। यसरी कार्तिकलालले आफ्नो धेरै जग्गा सक्दै गयो।

यो बिचमा पहाड र दमकबाट ज्ञानबहादुरका आफन्तहरु आएर एउटा बस्ति नै बनाई सकेका थिए। गाउँमा स्कुल स्थापना भएको थियोे जुन जग्गा ज्ञानबहादुर कै थियोे। त्यहा आएका मध्ये कसैले कार्तिकलाल कै खेति गर्दथे, कसैले आफ्नो जग्गा किनेका थिए, अनि कसैले ब्यापार। यो सबैको बन्दोबस्त ज्ञानबहादुरले गरेकाले सबैले उसैले भनेको मान्दथे। उ सबैको नेता भएको थियोे ।अाफ्नो प्रभाव बलियो बनाउदै गईरहेको थियोे। यो बिचमा चोरि डकैती लगभग बन्द भएको थियोे। चौकी पनि ७ कि.मी टाढा र जनशक्ति थपिएको थियोे।

२ दिन भएको थियोे नाचगान चलेको कार्तिकलालको घरमा। तेस्रो दिन बिहानै गाउँमा हल्ला फैलियो कार्तिकलालको पोखरी छेउको बगैचामा एउटा महिला झुन्डिएकी छे जुन दुई जिउकी छे। मान्छे ले संका गर्न थाले त्यो केटी त्यहीँ घरमा काम गर्न बसेकि थुकी थिई।

केही दिन पहिले कार्तिकलाल हात्तीमा गाउँ घुम्दै जादा बाटै बाट:-
” हे जोगिन्दर,खेति कस्तो गर्दैछस्! अनि छोरा कहाँ छ नि।”

जोगिन्दर :- ” प्रणाम मालीक,ठिकै हुदैछ हजुरको कृपाले। छोरा अहिले गोठालो गएकोछ मालिक ”

कार्तिक लाल :- “यसपालि ऋण को ब्याज तिरेर साउ तिर्नु नि। सुन पर्सि देखि घरमा नाचगान छ।काम धेरै हुन्छ तनि आउनु बस्ने ठाउँ बनाउनु पर्छ भोलि।अनि छोरिलाई पनि काम गर्न पठाई दिनु।पैसा साउमा घटाई दिन्छु।”

नजिकै घर भएकोले जोगिन्दरले मालिककोमा बिश्वासले पठाएको थियोे काम गर्न। ढिलो हुदा थुकीलाई बिर्खबहादुले नै पुर्याउने गर्दथ्यो ज्ञानबहादुर को आदेश अनुसार। भर्खर २६ बर्ष लागेको बिर्खबहादुर अनि १९ बर्षकी थुकी। आपसमा कहिलेकाही धेरै बेर हराउने गर्दथे।

केही दिन देखि उ कार्तिकलाल कै मा थिई। हुनपनि उ राम्री तर हल्का काली थी। काममा केही अर्हाउनु नपर्ने । प्रतेक दिन राति १२ बजेसम्म नै मालिकको सेवामा हुन्थी। गाउलेले सजिलै कार्तिकलाल तिरै अौला उठाए। तर वास्तविक कुरा कसैलाई थाहा थिएन। बेला बेला मालिकको अगाडि भएपनि अरुबेला थुकी बिर्खबहादुर संग हुन्थी ।उसैले भनेर थुकीलाई त्यो घरमा काममा राखेको थियोे । पाप भरिदै जाद भोलि गएर थुकीले मुख खोलिदिए आफ्नो सपना पूरा नहुने देखेर नै दुबै मिलेर झुन्डियाएका थिए थुकीलाई। खवर गर्न अाफ्ना मान्छेलाई पठाएको थियोे। दिउँसो घरमा पुलिस ले घेरा हाल्यो। ससुरा ज्ञानबहादुरले नै केही हुदैन म मिलाउछु भनी ज्वाईं कार्तिकलाललाई रोकी राखेका थिए।

प्रहरीले अनुसन्धान गर्न भनी केही तत्काल उसका नजिकका र काम गर्ने लाई समाते । सरजिमीन र मुचुल्का पनि उसैको अनुसार भयो। पर्सिपल्ट प्रहरीका लागि गाउँमै खाने बस्ने ब्यवस्था गरिएको थियोे, जहाँ रक्सि र मासुको खोलो थियोे । बाँकी रहेको जग्गा मुद्दा मिलाउन भनी सेतीका नाममा नामसारि गरायो। केही महिना पछि सेती बाट आफुमा।उता कार्तिकलाल लाई २० बर्षे कैद फैसला भयो । यता उसको हाथी बेचियो भनौ कार्तिकलालको प्रतिस्ठा अनि शासन सकियो।

भर्खर कि छोरि यहीँ मौकामा नानी पढाउन भनि दमक बैनिकोमा पठायो । सेतीको नाम फेरिएर शहरमा अन्जु भएको थियोे। घर धन्दामा सिपालु भर्खर २६ बर्षकी कि भएकीले नानीको अामा कसैले भन्दैनथ्यो। बस्दा बस्दै ६ महिना पछि फुपुकै सल्लाहमा श्रीमती मरेको अहिले एक्लै बस्दै गरेको जयबहादुर संग चिनाजान गराईन्। अब दुबैको नियमित भेट्घाट हुन थाल्यौं।आफ्ना बिगत बाट दुबै निस्कदै थिए। राम्रो लगन निकालेर ज्ञानबहादुर र जयबहादुर दुबै जनाका परिवार भेला भई सिन्दुर पोते भयो। दुबैको दोस्रो बिवाह थियोे भने अन्जु पनि दु:खी हुदाहुदै पनि खुशी थिई। छोरा दिनेश अब सरकारि स्कुल पड्न थालेको थियोे।
——————————

एकदिन ज्ञानबहादुर को बस्तीमा झुस्स दारी पारेको एउटा बृद्ध आगनिमा आई :-
“सेती….सेती…दिनेश…दिनेश भनी चिच्याउन थाल्यो।अह कसैले बोलाएन उसलाई….उ दौडदै यता उता गर्दथ्यो अनि “हेर म कार्तिक लाल,यो घर अनि सम्पत्ति सबै मेरो हो।म यहाँको ठुलो जिम्दार हु!”

भनिरहेको थियोे तर कसैले उसका कुरा सुन्दैनथीए। आगनीमा जोगिन्दर थियोे :-
” जोगिन्दर म तेरो मालिक,यो घर को मालिक ।मैले तेरो छोरिलाई मारेको हैन।यो सब मेरो ज्वाईं बिर्खे को काम हो।उसैले मारेको हो। ज्ञानबहादुर हत्यारा हो।”

” जिते…त सानो मेरो बगान को आँप चोरेर खादा मुन्सीले समाउदा मेरो धोती मा लुक्थिस नि।एकदिन घरमा बिगार गर्दा लताई मैले उ…त्यो घरको भकारी छेउमा लुकाएको थिएनि।बिर्सीस तैले मैले त छैन।”

” कालू….तैले चिनिनस्, तलाई मैले कहिले पनि महङ्गो ब्याज लिन।तेरो छोरा बिरामी हुदा मेरो गोरु गाडमा अस्पताल लगेको थिएनी।”

कालू आँखा भरि टलपल आँशु पार्दै हेरिरहेको थियोे।किनकि उसले पनि केही बुझेको थियोे तर गरिबीले गर्दा केही बोल्न सकेका थिएन्।

उ कराउँदै गईरहेको थियोे, कत्तिले चिने नि न चिने झै गर्दथे। उनिहरु पनि बाध्यतामा थिए भोलि मालिकले उसको पक्षमा बोले कामबाट निकालिदीने डर थियोे। परबाट एकहुल केटाकेटीहरु उसकै नजिक आएर के के भनी जिस्काउदै थिए। उ खेदाउन खोज्थ्यो केटाकेटी झन बौलाह…बौलाहा…बौलाहा भनी पछि पछि कराउदै जान्थे। भनौ उ यहाँको जमिन्दार नभएर अहिले पागल बुडो भएको थियोे ।।
************ समाप्त ********

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!