हिपमत डटकम

शनिबार, कार्तिक ०२, २०८२ || 1411  पटक पढिएको

१ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अध्यक्ष पद त्याग गर्न तयार रहेको बताएका छन्।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघ (अनेटा) द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वका जिम्मेवारीभन्दा पनि देशको हित पहिलो भएको उल्लेख गर्दै, “पद र हैसियतभन्दा देश बचाउनु ठूलो कुरा हो,” भने।

पछिल्लो समय माओवादी केन्द्रभित्र दाहालको नेतृत्वलाई लिएर प्रश्न उठ्न थालेको छ। सोही पृष्ठभूमिमा प्रचण्डले पार्टीभित्र आवश्यक परिवर्तन स्वीकार गर्न आफू तयार रहेको जनाए।

उनले भने, “कतिपयले भन्छन्, अध्यक्ष छोड्नुपर्छ। म पार्टी अध्यक्ष मात्र होइन, देशका लागि जस्तोसुकै बलिदान गर्न तयार छु। अहिले पद वा कार्यकारी जिम्मेवारी हामीका लागि सानो विषय भइसकेको छ।”

प्रचण्डले आफूले यस विषयमा केन्द्रीय समितिलाई पहिले नै जानकारी गराइसकेको उल्लेख गर्दै, आवश्यक परे महाधिवेशनसम्मका लागि नेतृत्व संरचनामा फेरबदल गर्न सकिने स्पष्ट पारे। साथै, उनले राष्ट्र र जनताको हितमा सबैलाई त्याग गर्न तयार रहन पनि आह्वान गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!