हिपमत डटकम
बिराटनगर,पौष २३ :गत वर्ष फागुनमा प्रदर्शनमा आएर वाहवाही पाएको चलचित्र बुलबुल पुन रिलिज भएको छ । यसपाला भने कुनै चलचित्र घरमा नभएर फोपी नामक एप्समा रिलिज भएको हो । फोपीमा विश्वको प्राय जसो देशबाट आफ्नै मोबाइलमा जुनसुकै ठाउँबाट नेपाली चलचित्रहरु हेर्न सकिन्छ। हरेक चलचित्र हेर्दा

ग्राहकले केही रकम तिर्नु पर्ने हुन्छ। नेपालमा भएका मोबाइल प्रयोगकर्ताले यसरी चलचित्र हेर्दा रु ५० तिर्नु पर्ने छ। यसरी चलचित्र हेर्न आफ्नो मोबाइलमा नेपाल टेलिकम वा एनसेलको व्यालेन्स वा खल्ती वा इसेवाबाट पनि पैसा तिर्न सकिने छ। यसका अलावा भारतमा पेटिएम, मलेसियामा कार्ड वा सेभेन इलेभेन र अन्य देशहरुमा बैकंको कार्डबाट चलचित्र खरिद गर्न सकिन्छ। यसरी प्रदर्शन गरिएको चलचित्रबापत आएको रकम चलचित्रको डिजिटल अधिकार भएको कम्पनीले पाउँछन् ।

यस एप्सका संस्थापक अध्यक्ष प्रशान्तजंग कार्कीका अनुसार पाइरेसी रोक्न र उचितरुपमा सर्जकहरुलाई आम्दानी दिलाउनुनै फोपी एप्सको एकमात्र उद्देश्य हो । आफुहरुले नेपाली चलचित्रलाई विश्वबजारमा लैजान कटिबद्ध रहेको र चाडै नै मध्य एसियाका केही देशमा एप रिलिज गर्ने जानकारी कार्कीले दिएका छन। यो एप अहिले प्ले स्टोरमा उपलब्ध छ। यसता एपहरुले नेपाली चलचित्रको डिजिटल युग प्रारम्भ गरेको छ र नेपाली चलचित्रको विश्वबजारीकरण र व्यवसायिकतामा पनि मनग्य टेवा पुर्याएको छ।

चलचित्रका निर्माता अविरल थापाले पहिले हलमा हेर्न नपाएका र नभ्याएका दर्शकहरुले बुलबुल हेर्न अत्याधिक माग गरेपछि फोपी एप्समार्फत पुन प्रदर्शनमा ल्याउन आफुलाई उचित लागेको बताए । कहाँबाट कतिजनाले चलचित्र हेरे र कति आम्दानी भयो भन्ने सबै कुरा चलचित्र निर्माता आफैले पारदर्शीरुपमा हेर्न सकिने हुँदा चलचित्र निर्माताहरुको लागि र दर्शकहरुको लागि पनि घरमै बसीबसी मोबाइलमै आफनो समय अनुसार चलचित्र हेर्न पाउनु सुनौलो अवसर भएको पनि थापाले बताए ।

स्वस्तिमा खड्काले यो चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभल लगायत अन्य घरायसी फेस्टिभलहरुमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन भने निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए । यो चलचित्रले नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो भने संसारका कैयन अन्य चलचित्र महोत्सवमा पनि छानिएको थियो । चलचित्रमा नवअभिनेता मुकुन भुषाल , लक्ष्मी बर्देवा ,दीपक क्षेत्री लगायतको पनि दमदार अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!