शनिबार, साउन ०३, २०७७ || 707  पटक पढिएको

असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ । रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुई/दुई हजार धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाका कृषि अर्थविज्ञ किसनदेव राउतले सप्तरी र सिरहामा ९० देखि ९५ प्रतिशत धान रोपाइँ भइसकेका बेला लगातारको वर्षासहित आएको बाढीले धानबाली डुबाएको बताउनुभयो । सप्तरीको तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान बिहुल गाउँपालिका, हनुमाननगर कङ्कालिनी, डाकनेश्वरी, सप्तकोशी नगरपालिकामा लगाएको धानबाली डुबानमा परेको छ । सप्तकोशी, खाँडो, त्रियुगा, महुली, बलान, खडक, जितालगायत खोलाको बाढी धानबालीमा पसेको राउतले बताउनुभयो । यसैगरी, सिरहामा कमला, मैनावतीलगायत नदीको बाढीले भगवानपुर, नवराजपुर, वरियारपट्टि, औरही, सिरहालगायत नेपाल–भारत सीमा क्षेत्रका स्थानीय तहको धानबाली डुबानमा परेको राउतले जानकारी दिनुभयो । डुबानमा परेकामध्ये सरदर एक÷एक हजार हेक्टर खेत जलमग्न हुँदा पूर्ण असर र बाँकी क्षेत्रमा पनि डुबानको असर देखिएको छ । थप वर्षा नभए डुबान भएको धानबाली जोगिन सक्छ तरलगत्तै वर्षा भएमा क्षति हुने राउतले बताउनुभयो । साउनको दोस्रो सातासम्म वर्षा नभए बाली नबिग्रिने र उत्पादन बढ्ने राउतले जनाउनुभयो । लगातार डुबानमा परिरहे बीउ कुहिने धान उत्पादन नहुने उहाँको भनाइ छ । सप्तरीमा ६२ हजार ८०० हेक्टर र सिरहामा ५४ हजार हेक्टरमा धानबाली लगाउने गरिएको छ । वर्षाका कारण केही क्षेत्रमा धानबाली डुबानमा परे पनि रोपाइँको समयमा उपयुक्त वर्षा भएको र समयमै रोपाइँ सकिएकाले सप्तरी र सिरहामा धान उत्पादन बढ्ने अनुमान गरिएको छ । यस वर्ष सप्तरीमा सरदर प्रतिहेक्टर तीन मेट्रिक टन र सिरहामा सरदर दुई दशमलव आठ मेट्रिक टन धान उत्पादन हुने अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाको अनुमान छ । अघिल्लो वर्ष सप्तरी र सिरहामा लगभग प्रतिहेक्टर दुई दशमलव ५५ मेट्रिक टनको अनुपातमा धान उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!