शुक्रबार, साउन ०२, २०७७ || 786  पटक पढिएको

फेसबुकले अब भिडियो कलिङ प्लेटफर्म जूमलाई टक्कर दिनका लागि नयाँ फिचर ल्याइरहेको छ । अब मेसेन्जरमा यस्तै एउटा सुविधा जोडिने भएको छ जुन भिडियो कलिङ प्लेटफर्मसँग मिल्दोजुल्दो छ । अब मेसेन्जरमा पनि भिडियो कलिङको क्रममा अब स्क्रिन सेयर गर्न पाइनेछ । यो सुविधालाई एन्ड्रोइड र आइओएसको म्यासेन्जर एपमा दिइनेछ । यसमार्फत् ग्रुप भिडियोमार्फत् वा वान अन वान भिडियो कलको क्रममा एक–अर्कासँग स्क्रिन सेयर गर्न सकिनेछ ।

स्मरण रहोस्, कोरोनाभाइरस महामारीपछि सुरु भएको लकडाउनपछि भिडियो कलिङ प्लेटफर्मको माग तीब्र रुपमा बढेको छ । यसै क्रममा फेसबुकले पनि मेसेन्जरको ग्रुप भिडियो कलिङ सर्भिस रुमको सुरुवात गरेको थियो । यो नयाँ स्क्रिन सेयरिङ फिचरलाई ८ व्यक्तिसँग गरिने भिडियो कलिङको क्रममा प्रयोग गर्न सकिनेछ ।

मेसेन्जरमा दिइएको स्क्रिन सेयर फिचरको कुरा गर्नुपर्दा यसमार्फत् तपाईं भिडियो कलिङमा भाग लिइरहेका मानिसहरुलाई आफ्नो स्मार्टफोनको स्क्रिन देखाउन सक्नुहुन्छ । उदाहरणको रुपमा यदि तपाईं कुनै भिडियो देखाइरहनुभएको छ वा कुनै प्रेजेन्टेशन छ भने तपाईं स्क्रिन सेयरिङमार्फत् ग्रुप कलिङमा जोडिएका मानिसहरुसँग सेयर गर्न सक्नुहुन्छ । स्क्रिन सेयरिङको यो नयाँ सुविधा मोबाइल एपमा मात्रै नभई मेसेन्जर रुम वेबमा पनि प्रयोग गर्न सकिनेछ । अर्थात् तपाईं आफ्नो कम्प्युटरको स्क्रिन पनि सेयर गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!