शुक्रबार, साउन ०२, २०७७ || 662  पटक पढिएको

भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात को मृत्यु भएको छ । दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । अरु केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ । तर यसको विस्तृत विवरण भने आएको छैन ।

मुम्बइको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किएको थियो । त्यसमा परी पाँच जनाको ज्यान गएको बताइएको छ । मुम्बइमा गएको तीन दिनदेखि भारी वर्षा जारी रहेको छ । सो वर्षाका कारण उक्त भवन भत्किएको अुनमान गरिएको छ ।

भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारको प्रयास भइरहेको बताइएको छ । मुम्बइको भानुशाली भवन बिहीबार अपरान्ह २ः३० बजे भत्किएको थियो । भवनको केही भाग खसेको र त्यसमा परी पाँच जनाको ज्यान जानुको साथै अरु २३ जना घाइते भएका छन् ।

उनीहरुलाई ठूलो संख्याका सुरक्षाकर्मी लगाएर उद्धार गरिएको बताइएको छ । मुम्बइका मुख्यमन्त्री उद्धव ठाकरे सो दुर्घटनास्थलमा पुगेर उद्धार कार्यका लागि निर्देशन दिएका थिए ।मुम्बइको प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट पाँच जनाको शव निकाएको छ ।

ती अधिकारीले त्यस भवनबाट अरु केही व्यक्तिलाई भने जिवीतै उद्वार गरिएको पनि जनाएका छन् । त्यसैगरी मुम्बइकै मलादा क्षेत्रमा भएको अर्को भवन भत्किँदा अरु दुई जनाको ज्यान गएको छ । सो दुर्घटना बुधबार साँझ भएको एक जना प्रहरी अधिकारीले जानकारी दिएका छन् । –एएनआई

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!