कोभिड–१९ अर्थात् कोरोनाभाइरसद्वारा संक्रमित भएपछि अमिताभ बच्चन नानावती अस्पताल भर्ना भएका छन् । अस्पतालमा रहँदा पनि उनी सोसल मिडियामार्फत् आफ्ना प्रशंसकसँग टचमा छन् र उनलाई लगातार अपडेट दिइरहेका छन् । उनले आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टमा संस्कृतको श्लोक पोस्ट गरेका छन् ।

सेयर गरे ज्ञानको कुराः

अमिताभले आफ्नो एउटा तस्बिर पोस्ट गर्दै ज्ञानको कुरा साझा गरेका छन् । उनले फोटोको क्यापसनमा लेखेका छन्, ‘यस्ता व्यक्ति जो इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, रिसाहा, सधैं शंका गर्ने वा अरुको भरमा बाँच्ने यस्ता ६ प्रकारका मानिसहरु सधैं दुःखी हुन्छन् । यस्ता कामबाट टाढै हुनुपर्छ ।’

यसअघिको पोस्टमा अमिताभले आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका थिए । अमिताभ बच्चनसहित अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी अमिताभसँगै अस्पतालमा छन् । यता ऐश्वर्या राय र आराध्या भने होम क्वारेन्टिनमा छन् । जया बच्चनको कोरोनाको परीक्षण नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!