मंगलबार, आषाढ ३०, २०७७ || 601  पटक पढिएको

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सोमबार सार्वजनिक गरेको आवधिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा २०७६ चैत ११ देखि २०७७ असार १० गतेसम्म रहेका पनि इन्सेकले जनाएको छ । यस अवधिमा राज्य पक्षबाट तीनजना महिलासहित ६४ र अन्य पक्षबाट ८४१ महिलासहित १५५ गरी एक हजार ११९ जना पीडित भएका घटना इन्सेकले जनाएको छ ।

अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएका छन् । त्यसैगरी, यो अवधिमा अमानवीय व्यवहार ११, धम्की पाँच, घाइते ११२, कुटपिट १२, अपहरण छ, गिरफ्तार ३१, हत्या ७२, प्रहरी हिरासतमा यातना दुई र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेखमा उल्लेख छ ।

बन्दाबन्दीका तीन महिनामा २५ स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ । मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा राज्यको दायित्व हुने भएपनि यस अवधिमा राज्यको संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुव्र्यवहारका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!