मंगलबार, आषाढ ३०, २०७७ || 871  पटक पढिएको

राम जन्मभूमि अयोध्याबारे भारतमै व्यापक विरोध छ । लामो समय अयोध्याको विवादित क्षेत्रमाथि अदालतले सुनुवाई गरेको छ । मुस्लिमहरुको प्रख्यात बाबरी मस्जिद र हिन्दूहरुको राम मन्दिरबारे लामो समय विवाद चल्यो । अदालतले तथ्य र प्रमाणको आधारमा भन्दा पनि बहुसंख्यकवादका आधारमा विवादास्पद भूमिको स्वामित्व विवाद सुल्झाएको भारतकै विज्ञहरुले बताउँदै आएका छन्  गत वर्ष नोभेम्बरमा बीबीसी हिन्दीले प्रकाशित गरेको एक रिपोर्टअनुसार अयोध्या विवादमा सर्वोच्च अदालतले आफ्नो फैसलामा एक खास रिपोर्टलाई उल्लेख गरेको छ, जसमा बाबरी मस्जिदको तल कुनै हिन्दू मन्दिर थिएन भनिएको छ ।

प्रोफेसर सुरज भान, अतहर अली, आरएस शर्मार डिएन झाले ऐतिहासिक पुरातात्विक प्रमाणको अध्ययन, अनुसन्धान गरेर आफ्नो रिपोर्ट तयार पारेका थिए, जसमा बाबरी मस्जिदको तल हिन्दू मन्दिर छ भन्ने दावीलाई खारेज गरिएको थियो । भारतको सर्वोच्च अदालतले उक्त भूमिको विवादबारे फैसला सुनाएपछि भारतका चर्चित इतिहासकार प्रोफेसर डिएन झाले प्रतिक्रिया दिँदै ‘हिन्दूहरुको आस्थालाई महत्व दिइएको’ बताएका थिए । ‘दोषपूर्ण पुरातत्व विज्ञानलाई फैसलाको आधार बनाइएको छ,’ अदालतको फैसलाप्रति असहमति राख्दै उनले भनेका थिए ।

भारतीय पुरातत्व सर्वेक्षणले समेत सन्देहास्पद भूमिका निर्वाह गरेको प्रोफेसर झाको भनाइ थियो । ‘विध्वंस अघि हामीलाई प्राचीन वस्तुको जाँचका लागि त्यहाँ लगिएको बेला एउटा ट्रेन्चको साइट नोटबुक नै दिइएन, त्यसमा निकै महत्वपूर्ण प्रमाण थिए,’ भारतीय पुरातत्व सर्वेक्षणको भूमिकामा प्रश्न गर्दै उनले भने, ‘प्रष्ट रुपमा भन्नुपर्दा यो प्रमाणहरु दबाउने प्रयास थियो ।’ बाबरी मस्जिद विध्वंशपछि पुरातत्व सर्वेक्षणको टोलीले उत्खनन् गर्दा पनि पूर्वाग्रही मानसिकताका साथ काम गरेको उनको आरोप छ । ‘उनीहरुले ती प्रमाणलाई दबाए, जसले मन्दिरको थ्यौरीलाई काट्दथे, तर कुनै ठाउँमा उत्खनन् गर्दा वैज्ञानिक मूल्य, मान्यतालाई हेरियोस् भन्ने हुन्छ, अयोध्याको मामिलामा त्यो भएन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!