मंगलबार, आषाढ ३०, २०७७ || 684  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले यस प्रकरणमा भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको बताए । भानुजयन्तीको अवसरमा मदनभण्डारी कला साहित्य प्रतिष्ठानले सोमबार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको स्पष्ट पारे । ‘हामी अहिले पनि भ्रममा छौं हामीले भारतका राजकुमार रामलाई दियौं भनेर । तर, भारतका राजकुमारलाई होइन, सीता अयोध्याका रामलाई दिएका हौं । अयोध्या भनेको वीरगन्जभन्दा पश्चिमको गाउँ हो, जुन नेपालमा नै पर्छ,’ प्रधानमन्त्री ओलीले भने । अयोध्या वीरगन्जको पश्चिमपट्टि ठोरीमा, वाल्मीकि आश्रम यही नेपालमा रहेको भन्दै प्रधानमन्त्री ओलीले दशरथबाट सन्तान नभएपछि पुष्टि यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै ओलीले भने, ‘दशरथका सन्तान राम पनि भारतीय हुँदै होइनन्, अयोध्या पनि भारतको होइन, नेपालको हो ।’ प्रधानमन्त्री ओलीले अयोध्या भारतले आफ्नो भनी दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे भनेर प्रश्न गरेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!