नेपालका विरुद्ध अफवाह फैलाउने ४ वटा भारतीय च्यानल नखुल्ने भएका छन् । भारतीय न्यूज च्यानलहरु जी–न्यूज, आजतक, इन्डिया टिभि र एबीपी न्यूजमाथिको प्रतिबन्धलाई कायमै रहने भएको हो ।

मल्टि सिस्टम अपरेटरहरुको आइतबार बसेको बैठकले यी ४ न्यूज च्यानलबाहेक अरुलाई भने आजदेखि खुला गर्ने निर्णय भएको मेगा म्यास टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले जानकारी दिए ।

‘हामीले फेक–न्यूज प्रसारण गर्ने ४ वटा च्यानललाई बन्द नै राख्ने र अरुलाई आजदेखि खुला गर्ने निर्णय गर्यौं’ अध्यक्ष सुवेदीले भने, ‘उनीहरुले माफी त मागिसकेका छन्, तर पनि अहिलै खोल्नु उपयुक्त नहुने धारणा धेरै साथीहरुबाट आयो । त्यसैले ती च्यानललाई बन्द नै राख्ने निर्णय गरिएको हो ।’

नेपाल र चीनको विषयलाई जोडेर पछिल्लो समय भारतीय न्यूज च्यानलहरुले आफवाह फैलाउँदै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीलाई जोडेर अनलर्गल प्रचार गरेपछि नेपालीहरु चिढिएका थिए ।

सोही कारण मल्टि सिस्टम अपरेटरहरुले गत बिहीबारदेखि दूरदर्शन बाहेक सबै भारतीय न्यूज च्यानलहरु बन्द गर्ने निर्णय गरेका थिए । सो निर्णयलाई उपत्यका र पहाडी क्षेत्रका नागरिकहरुले समर्थन गरे पनि तराई क्षेत्रका हिन्दी र मैथिलीभाषीले यसको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!