शनिबार, आषाढ २७, २०७७ || 770  पटक पढिएको

सुनसरी देवानगञ्ज गाउँपालिका– ७ का २५ वर्षिय मिथुन उराँउको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमतीसहित ५ जनालाई पक्राउ गरेको छ । असार ३ गते भएको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले मिथुनको श्रीमतीसहित ५ जनालाई पक्राउ गरेको हो । हत्यामा संलग्न भएको आरोपमा मिथुनकी श्रीमती प्रमिला उराँव, सासु छवनीदेवी उराँव, ससुरा रामदेव उराँव, अरविन उराँव र अजय उराँवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । प्रहरीले मृतकका सासुससुरा र श्रीमतीलाई असार २४ गते नियन्त्रणमा लिएको थियो । अरविन र अजयलाई असार २५ गते पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । असार ६ गते प्रहरीले गढी गाउँपालिका– ६ सत्तेरझोडास्थित बुढी खोला पुल छेउको नदी किनारमा आधा पुरेको अवस्थामा मिथुनको शव फेला पारेको थियो । शव भेटिएपछि उत्खनन गरी प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो । त्यसपछि शव पहिचानको प्रयास र्गयो । असार १० गते देवानगन्ज गाउँपालिका – ७ का जगदिश उराँव छोरा हराएको भन्दै प्रहरी कार्यालय पुगे । ससुराली गएको छोरा नफर्किएपछि खोजी गर्न प्रहरी कार्यालय पुगेका जगदिशले छोराको शव पहिचान गरे पछि मिथुनको हत्या भएको खेलेका हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!