भारतीय टेलिभिजन जी न्युजले नेपालका प्रधानमन्त्री केपी शर्माओली र नेपालका लागि चिनियाँ राजदूत होे यान्छीसँग जोडेर बनाइएको प्रचार सामाग्रीलाई लिएर माफी मागेको छ । उक्त टेलिभिजन शुक्रबार माफी मागेको हो ।  केही दिनअघि उक्त टेलिभिजनले ‘ओलीकी इस्किया’ कार्यक्रममार्फत नेपालका प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीको चरित्रमै प्रश्न उठ्ने गरी विवादित सामाग्री प्रशारण गरेको थियो । उक्त प्रचार सामाग्रीको नेपाल लगायत भारतमा समेत चर्को विरोध भएपछि जी टेलिभिजन माफी माग्न बाध्य भएको हो । यता, सोही कार्यक्रमको विषयलाई लिएर नेपालका मल्टी सिस्टम अपरेटहरुले बिहीबार भारतीय समाचार च्यानलहरुमा प्रतिबन्ध लगाएका थिए । उनीहरुको कदमलाई नेपाल सरकारले समेत समर्थन जनाइसकेको छ । त्यस्तै प्रेस काउन्सिल नेपालले समेत भारतीय प्रेस काउन्सिललाई एक पत्र लेख्दै जी न्युज टेलिभिजनलाई कार्वाहीका लागि पहल गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!