खबर ठुलो छ
नदीको सतह खतरातर्फ

नदीको सतह खतरातर्फ

देशभर मनसुनी वर्षा हुने क्रमसँगै केही क्षेत्रमा निरन्तर वर्षा हुँदा ठूला तथा साना नदीमा बाढी आउन थालेको छ । कतिपय ठाउँमा बाढी र तराईका भू–भागमा बाढीसँगै डुबानले जलमग्न बनाउन थालेको छ । पहाडी तथा मध्यपहाडी क्षेत्रमा बाढी र पहिरोले जनधनको क्षति पु¥याएको छ ।

विगत २४ घण्टामा कास्कीस्थित वर्षा मापन केन्द्रमा अत्यधिक २५०.९ मिलिमिटर वर्षा भएको छ । अन्य दुई केन्द्रमा २०० मिलिमिटर वर्षा भएको छ । त्यस्तै दरबाङ स्टेसनमा १५०.६, खुदी बजारमा १४९.४, स्याङ्जामा १४८.६, बर्दघाटमा १५०.८ र बेसीसहरमा १६९.४ मिलिमिटर वर्षा भएको छ ।

वर्षा बढेसँगै नदीको सतह उर्लंदो छ । सप्तकोसीमा बाढी बढेपछि भारततर्फका ३८ ढोका खोलिएका छन् । कोसीको बाढीले सतर्कता तह पार गर्दै खतराको तहतर्फ बढ्दै गरेको बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलले बताए । कोसीको जल सतह शुक्रबार दिउँसो ६.२३ मिटरमाथि पुगेको छ । सात मिटर यसको खतराको तह हो ।

चितवनको नारायणी नदीमा पनि बहाव बढ्दै गएको छ । नारायणीको बाढीले सतर्कताको तह पार गरेर खतरातर्फ अगाडि बढेको छ । नारायणगढस्थित स्टेसनका अनुसार ११ मिटरको सतर्कता तह पार गरेर ११.१३ मिटरमाथि नारायणीको भेल बगिरहेको छ । नारायणीकै देवघाटस्थित स्टेसनमा सतर्कता तह पार गरेर ७.६८ मिटरमाथि बहाव भइरहेको छ । अबका तीन दिन कन्काई, कमला, कोसी, कमला, वाग्मती, लालबकैया, नारायणी लगायतका नदीमा उच्च बहाव हुने भएकाले तटीय क्षेत्रमा सतर्क हुन भनिएको छ ।

कञ्चनपुरको शान्तिपुर बेलौरी, नवलपरासीको डण्डा, परासी बर्दघाट, चितवनको माडी, लमजुङको बेसीसहर क्षेत्रमा भारी वर्षा भएकाले सतर्क रहन एसएमएस पठाई स्थानीयवासीलाई सुरक्षित रहन भनिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

शनिबार, आषाढ २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया