शुक्रबार, आषाढ २६, २०७७ || 825  पटक पढिएको

डोटीको के.आई.सिं गाउँपालिका-५, बुहार गाउँ नजिक सडकमा आएको पहिरोले एउटा जिप च्यापिएको छ । बिहीबार राति गाउँपालिका केन्द्र वायलबाट दिपायल आउने क्रममा से१च २१२५ नं. को बोलेरो जिप पुरिएको हो । यात्रुहरु पुर्‍याएर फर्किने क्रममा सडकमा एउटा ढुङ्गा खसेको देखेपछि ढुङ्गा फाल्न चालक गाडीबाट झरेका थिए । त्यसैबेला माथिबाट खसेको पहिरोले जिप पुरिएको हो । घटनामा चालक योगेन्द्र साउँद घाइते भएका छन् । उनको डोटी राजपुरस्थित सु-जङ्ग अस्पतालमा उपचार भइरहेको गाडीधनी योगेन्द्र भण्डारीले जानकारी दिए । जीपमा चालक एक्लै थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!