हवाई हमलाको ३० सेकेन्ड लामो एक भिडियो अहिले सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् । यस भिडियोसँगै यो दाबी पनि गरिएको छ कि ‘भारतीय वायुसेना (आईएएफ) को हेलिकोप्टर रुद्रलाई नेपालले आकाशबाट खसालिदियो । अनि भारतीय पाइलट अहिले नेपालको नियन्त्रणमा छन् ।’

यस भिडियामो देखिएअनुसार उडिरहेको हेलिकोप्टर अचानक हावाबाट खसेको छ । ‘नेपालका तर्फबाट ध्यानाकर्षणसहित– आज भारतीय वायुसेनाले नेपाली भूमिमा हवाई हमलाका लागि सीमा पार गरेको छ । बेलाहियामा भारतसँग हवाई भीडन्त भयो । नतिजा, हामीले भारतीय एचएएल रुद्र विमान खसाल्यौं र एक भारतीय पाइलटलाई कब्जा ग¥यौं । अब हामी पाइलटलाई भारतमा फिर्ता गर्नेछैनौं,’ एक पोस्टमा क्याप्सन दिइएको छ ।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू–भाग समेट्दै नक्सा जारी गरेर संविधान संशोधनमार्फत त्यसलाई वैधानिकता दिएपछि दुई देशबीच तनाव बढेको समय यो पोस्ट सामाजिक सञ्जालमा छाइरहेको छ र यसलाई भारतीय प्रयोगकर्ताहरुले निरन्तर शेयर गरिरहेका छन् ।

दाबी– आईएएफ हेलिकोप्टर रुद्र नेपालले खसाल्यो र लगत्तै भारतीय पाइलट पक्राउ परे ।

फ्याक्ट चेक– यो दाबी गलत हो । इनभिड प्रयोग गरेर भिडियोलाई इन्डिभिजुयल फ्रेम ब्रेक गर्दै यान्डेक्समा रिभर्स इमेज सर्च गरिएको छ । यसो गर्दा हामी हाबेर्लर डटकम नामक बेवसाइटमा पुग्छौं, जसले २०१२ मा एक प्रकाशित गरेको थियो । यस लेखमा भाइरल भिडियोको स्क्रिन सट थियो ।

‘सिरियाली विपक्षीहरुले सिरियाली वायुसेनाको हेलिकप्टर उत्तरी सिरियाका मरेत अल नुमन जिल्लास्थिते इदलिबमा खसालेको दाबी गरेका छन्,’ तस्विरको क्याप्सनमा लेखिएको छ । हुगो काम्यानले २०१९ मा गरेको ट्वीटमा पनि यो भिडियो समावेश छ । यहाँ क्याप्सनमा लेखिएको छ, ‘सिरियाली वायुसेनाको एक हेलिकोप्टर मध्य आकाशमै बिस्फोट, विपक्षी एन्टी–एयरक्राफ्टले १७, अक्टोबर २०१२ मा इदलिब कन्ट्रिसाइडमाथि निशाना साँधेपछि यो खसेको थियो । सम्पूर्ण सिरियाली गृहयुद्धमध्येको यो एक बहुलट्ठी र आइकोनिक भिडियो हो ।’

मिलिटरी डटकम र मिडिया पोर्टल अन डमान्ड न्युजले पनि सन् २०१२ मा सिरियाली विद्रोहीले सिरियाली सेनाको हेलिकप्टर खसालेको विषयमा फरक फरक शीर्षकमा समाचार प्रकाशित गर्दै त्यस समाचारसँगै यो भिडियो अपलोड गरेका छन् । त्यसैकारण सामाजिक सञ्जालमा अहिले जुन भिडियो भाइरल भइरहेको छ, त्यस भिडियो सिरिया द्न्वन्द्वका दौरान २०१२ मा सुट गरिएको थियो । नेपाल वा भारतीय वायुसेनासँग यसको कुनै सम्बन्ध छैन । श्रोतः- deccanherald.com

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!