भारतको उत्तर प्रदेशका प्रहरीका अनुसार कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेका बडीगार्डको इन्काउन्टर भएको छ । समाचार एजेन्सी पिटिआईले युपीको स्पेशल टास्क फोर्सका महानिरिक्षक (आइजी) अमिताभ यशलाई उद्धृत गर्दै अमर दुबेको राज्यको हमिरपुर जिल्लामा एक मुठभेडमा मृत्यु भएको जानकारी दिएको छ । प्रहरी अधिकारीका अनुसार अमर दुबे कानपुर मुठभेडका सह–अभियुक्त थिए । केही भारतीय मिडियारिपोर्टका अनुसार उनले विकासको बडीगार्डको रुपमा पनि काम गर्दथे । उत्तर प्रदेश पुलिसले मंगलबार दिएको आफ्नो जानकारीमा प्रहरीको ४० वटा समूहले विकास दुबेको लगातार खोजी गरिरहेको छ । कानपुरमा २–३ जुलाईको रात विकास दुबेलाई पक्राउ गर्न गएको प्रहरी समूहमाथि भएको हमलामा एक डीएसपीसमेत आठ प्रहरी मारिएका थिए । उक्त घटनापछि प्रहरीले अपराधीको तस्बिर जारी गरेको थियो, त्यसमा अमरको नाम शीर्ष स्थानमा थियो । प्रहरीले उनीमाथि २५ हजार भारुको इनाम पनि घोषणा गरेका थिए । एक समाचार रिपोर्टका अनुसार उनी आरोपी विकास दुबेका काकाका छोरा थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!