आइतबार, आषाढ २१, २०७७ || 639  पटक पढिएको

शुक्रबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण बाउली खोलाले ठूलो क्षति पु¥याएको छ । बडिमालिका नगरपालिका मार्तडी हँुदै बग्ने बाउली खोलाले गड्खेत, सेलाघाट र रापकसम्मका क्षेत्रमा क्षति पु¥याएको हो । बडिमालिका–९ सेलाघाटमा २० परिवारको रोपेको धान पूर्ण रुपमा बगाएर क्षति पु¥याएको छ भने गचे थापाको घर जोखिममा पारेको बडिमालिका नगरपालिका उपप्रमुख कविता बिष्टले बताउनुभएको छ । बाउली खोला बढेसँगै आसपासको बस्ती जोखिममा परेका छ । सो क्षेत्रका वारिपारि किनारामा रहेका खेत सबै बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बूढीगङ्गा नदी किनारका बस्ती जोखिमपूर्ण बनाएको स्थानीयवासीले बताएका छन् । खारगाड र बाउली खोलाले बडिमालिका–९ का उखाडी, चौराटा र सेलाघाटमा रहेका केही बस्तीसमेत जोखिममा परेको बडिमालिका–९ का वडाध्यक्ष विनोदकुमार विकले बताउनुभयो । यस्तै लगातारको वर्षाले बाजुराका त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरा जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा छ । पुलमाथि पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भएको स्थानीयवासी मोहन बिष्टले बताउनुभयो । बूढीगङ्गा नदीले बाजुराका द्वावारी र तिपाडा तथा अछामका साँफेबगर, बुढाबगरलगायत विभिन्न ठाउँका दर्जनौँ पुल उच्च जोखिममा छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानयीवासीले बताएका छन् । वाईवाधु जोड्ने, गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । त्यस्तै नदीमा बाढी बढेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!