बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको सेनाको गाडी नै पहिरोमा परेको छ । घटनास्थल नजिकै पुगेको सेनाको गाडी माथिबाट खसेको पहिरोमा पर्दा ३ जना घाइते भएका छन् । शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ । पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ गएको सैनिक सवारी गाडी नै पहिरोमा परेको हो । यसबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!