बिहिबार, आषाढ १८, २०७७ || 684  पटक पढिएको

चितवन जिल्लामा सञ्चालन भएका ६५ साना सिँचाइका काम सम्पन्न भएका छन् । एक सय ३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ । एकाइले आफ्नो कार्यक्षेत्रमा चालु आर्थिक वर्षमा स्यालो ट्युबवेल, बोरिङ, थोपा सिँचाइलगायतका कार्यक्रम सञ्चालन गरेको हो । सञ्चालन भएका योजनामध्ये ६५ सिँचाइका कार्यक्रम सम्पन्न भइसकेको र बाँकी सम्पन्न हुने चरणमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा धान जोनअन्तर्गत ७५, तरकारी जोनमा ४०, केरा जोनमा १५ र परियोजनाअन्तर्गत पाँचवटा सिँचाइका कार्यक्रम सञ्चालन भएका छन् । कार्यक्रम सम्पन्न भएसँगै ५४० बिघामा सिँचाइ हुने अपेक्षा गरिएको छ । एउटा स्यालो ट्युबवेलले चार बिघासम्म सिँचाइ गर्न सकिने उहाँले बताउनुभयो । साना सिँचाइ कार्यक्रम सञ्चालनका लागि कार्यालयले चालु आर्थिक वर्ष रु एक करोड ४० लाख विनियोजन गरेको थियो । त्यसमध्ये सबैभन्दा धेरै तरकारी जोनले रु ६० लाख बजेट विनियोजना गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । त्यस्तै केरा जोनअन्तर्गत रु ४५ लाख, धान जोनअन्तर्गत रु ३० लाख र परियोजनाअन्तर्गत रु पाँच लाख बजेट विनियोजन भएको थियो । प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित साना सिँचाइ कार्यक्रममा ५० प्रतिशत उपभोक्तको लगानी रहेको छ । यस कार्यक्रमअन्तर्गत माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाबाहेक जिल्लाका सबै तहमा साना सिँचाइका कार्यक्रम सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!