बिहिबार, आषाढ १८, २०७७ || 981  पटक पढिएको

भान्सामा तरकारी भुट्ने क्रममा तातेको तेलको राँको आएर एक जना बालकको अनुहार जलेको छ । भान्सामा तरकारी भुट्ने क्रममा प्याज कराईमा राखिसकेको बेला तेलको राँको आएर अनुहार तथा आँखा जलेको हो । खार्पुनाथ गाउँपालिका वडा नं। ४ को छिप्रा गाउँका १३ वर्षका सुरेश रावलको तरकारी भुट्नलाग्दा तेलको राँकोले अनुहार तथा आँखा जलाएको पीडितका बुवा गोपाल रावलले बताउनुभयो । तातेको तेलले अनुहार जलेको छ भने तेलको छिटा दुवै आँखाभित्र परेर देख्नसमेत कठिन भएको उहाँले बताउनुभयो । तेलले अनुहार र आँखा जलेका बालक रावलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले प्राथमिक उपचारपछि थप उपचार गर्न जिल्लाबाहिर रिफर गरे पनि आर्थिकस्थिति कमजोर भएकाले थप उपचारमा समस्या देखिएको छ । आँखाका स्वास्थ्यकर्मी बम बोहराले बिरामीको केस जटिल भएकाले चाँडै उपचार गर्नुपर्ने बताउनुभएको छ । बालक सहयोगी हातको पर्खाइमा रहेको समाचार आजको गोरखापत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!