बुधबार, आषाढ १७, २०७७ || 719  पटक पढिएको

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मङ्गलबार राति ११ बजे सम्म १४ व्यक्तिको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले बुधबार जानकारी दिएको छ ।

यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो । बेपत्ता मध्ये दुई जनाको मृत्यु भएको मिआङनिङ काउन्टीले पुष्टि गरेको छ । त्यस बाढीका कारण अझै ८ जना बेपत्ता भएका जनाइएको छ ।

जुन महिनाको २६ तारिखबाट यस काउन्टीमा मुसलधारे वर्षा भएको छ । हाल करिब ५ हजार ६६० व्यक्ति सोही काउन्टीको उपजिल्ला यिहाई र गाओयाङमा रहेको अस्थायी शिबिरमा बस्दै आएका छन् ।

वर्षाको कारण यहाँ प्रत्यक्ष रुपमा करिब ७३ करोड ८० लाख युआन बराबरको आर्थिक क्षति भएको जनाइएको छ । सो बाढीग्रस्त क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!