हिपमत डटकम
काठमाडौं ,पौष २१ गते ।
नेपाली गायन क्षेत्रमा निकै रुचाइएका गायक कमल खत्री र गायिका शोभा अधिकारीको आवाजमा रहेको ”दोषी नजर” गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको सर्वोकृष्ट मिलन र समपर्णलाई गीतमा समेटिएको छ ।शोभा अधिकारीको शब्द तथा संगीतमा रहेको गीतमा प्रेमी प्रेमिका विचको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ । हरि महर्जनको छायाँकन , दिपु कृष्ण ढंगोलको सम्पादन तथा नितिन चन्दको निर्देशन भिडियोमा रहेको छ । ”दोषी नजर” गीतको भिडियोमा मरिष्का पोखरेल , हरेराम शाह को फिचरिङ रहेको छ ।