भारतको पटनास्थित एक विवाह समारोहमा सरिक भएका ९० जना बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । गुरुग्रामका सफ्टवेयर इन्जिनियर ३० वर्षका बेहुलाको विवाहको दुई दिनपछि मृत्यु भएको छ ।  संक्रमणको लक्षण देखिएता पनि उनको कोभिड–१९ परीक्षण बिना नै अन्तिम संस्कार गरिएको छ । पटनाको जिल्ला प्रशासनलाई बेहुलाको मृत्यु भएको थाहा भएपछि उनका नजिकका आफन्तको कोरोनाभाइरस परीक्षण गरिएको थियो । जुन १५ तारिखमा आयोजित विवाहमा सरिक भएका १५ जनामा कोरोनाभाइरस पुष्टि भयो ।

त्यसपछि प्रशासनले कन्ट्याक्ट ट्रेसिङ सुरु गर्यो । सोमबार ८० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पटनाको प्रशासनले बेहुलाको भने कोभिड–१९ परीक्षण गर्न पाएन किनभने उनको परिवारले कुनै जानकारी बिना नै अन्तिम संस्कार गरिसकेका थिए । स्रोतका अनुसार ३० वर्षे बेहुला मे १२ तारिखमा विवाहका लागि आफ्नो देहपाली गाउँ फर्किएका थिए । त्यतिबेला उनलाई कोरोनाभाइरसको लक्षण देखिएको थियो । लक्षणलाई वास्ता नगरी उनको परिवारले विवाहको कार्यक्रम अघि बढाए ।

विवाह गरेको दुई दिनपछि उनको स्वास्थ्य अवस्था नाजुक भयो । अस्पताल पुर्याउने क्रममा नै उनको मृत्यु भयो । बेहुुलाको मृत्यु भएपछि विवाहमा सरिक भएका सबै पाहुनाको कोरोना परीक्षण गरियो । ९५ जनामा कोरोनाभाइरस संक्रमण देखिएपनि बेहुलीको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रशासनले बेहुलाको परिवारले नियमको व्यापक उल्लंघन गरेको बताएको छ । यसका साथै विवाहमा ५० जना मात्रै सरिक हुन पाउने नियमको पनि उल्लंघन गरिएको प्रशासनले बताएको छ । स्रोतः इन्डिया टुडे

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!