राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले असार १५ लाई धान दिवस काे रुपमा मनाएकाे छ । ” मेरो कृषि, मेरो पाैरख भन्ने मुल नारा का साथ धान दिवस मनाएको हाे । रंगेली नगरपालिका ४ स्थित जन्ता माध्यमिक बिधालय काे १५ बिधा खेती १० बर्ष का लागि लिजमा लिएर बिधिवत रुपमा धान खेती बाट खेती सुरु गरेको हाे । राष्ट्रिय धान दिवस कार्यक्रम काे प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर ५ का सभासद शिवकुमार मण्डल, बिष्ट अतिथि रंगेली नगरपालिका का मेयर दिलिप बगडिया , बडा अध्यक्ष , ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष सन्ताेष मंन्डल संस्था का सचिव अशाेक मंन्डल , स्थानीय भुमा पराजुली , डिल्ली दाहाल, डिल्ली घिमिरे , मनाेज साह , उषा मंन्डल लगायतको समेत उपस्थिति रहेको थियोे । कार्यक्रम का प्रमुख अतिथि ले भने अहिले बिदेशमा रहने युवा हरुले गाउँ मै बसेर राम्रो अाम्दानी गर्ने सक्ने र धेरै उदाहरण हरु भएको समेत बताए । अबका दिन हरुमा यस क्षेत्रमा कृषि पेशामा रहेका कृषक हरुकाे परिमार्का बुझेर जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । साेहि कार्यक्रममा मेयर बगडिया ले भने दक्षिणी भेगका किसान हरुले हरेक बर्ष कृषक हरुले समयमै सिचाइ काे सुविधा , मल, र बिउबिजन काे समस्या रहेको भएता पनि अबका दिन हरुमा कृषक हरुकाे सहयोग र साथ लिएर कृषिमा अगाडि बड्ने समेत बताए । बिष्ट अतिथि, लगायत हरुले बिधिवत रुपमा धान राेपेर धन दिवस मनाएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!