सुशान्त सिंह राजपूतको मृत्यु भएको १६ दिन बितिसकेको छ । उनीसँग काम गरेका उनका थुप्र्रै सहकर्मीले विभिन्न तरिकाले उनलाई सम्झिरहेका छन् । सोनचिरैयामा सुशान्तकी सहकर्मी भूमि पेडणेकरले सुशान्तको यादमा निकै राम्रो काम गर्ने सोच बनाएकी छिन् । भूमिले अभिषेक कपुरकी श्रीमती प्रज्ञासँग मिलेर द अर्थ फाउन्डेशनमार्फत् ५ सय ५० खाँचोमा परेका परिवारलाई खाना खुवाउने भएकी छिन् । यसको जानकारी उनले इन्स्टाग्रामको एउटा पोस्टमार्फत् दिइन् ।

सुशान्तको फोटोसहित भूमिले लेखिन्, ‘मैले ‘एक साथ फाउन्डेशन’ मार्फत् आफ्ना प्रिय साथीको यादमा ५५० गरिब परिवारलाई खाना खुवाउने संकल्प गरेकी छु । आउनुहोस्, हामी साथ मिलेर खाँचो परेका व्यक्तिहरुप्रति दया र प्रेम देखाऔं किनभने अहिले उनीहरुलाई यसको सबैभन्दा धेरै खाँचो छ ।’

https://www.instagram.com/p/CCAd3ICpoJS/?utm_source=ig_embed

तिमी सधैं स्टार रहनेछौं सुशान्तः

यसअघि सुशान्तको मृत्युको खबर सुनेर एक भावुक पोस्टमा भूमिले लेखेकी थिइन्, ‘तिम्रो आत्माले शान्ति पाओस् साथी । हैरान छु र दुःखी पनि । तिमी छैनौं भनेर अहिले पनि विश्वास लागिरहेको छैन । म स्टार र हाम्रो अन्तहीन कुरामाथि एकटक भएर हेरिरहेकी छु । तिमी त्यहाँ अरुसँगै जगमगाइरहेका छौ । किनभने तिमी स्टार हौ र सधैं रहनेछौ मेरो प्रिय सुशान्त ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!