आइतबार, पौष २०, २०७६ || 1011  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष-२०

वरिष्ठ फिल्मकर्मी नीर शाह ‘कामना लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड २०७६’ बाट सम्मानित भएका छन् । शनिबार अबेर साँझ ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न ‘कामना फिल्म अवार्डस् २०७६’ समारोहमा उनलाई सो सम्मान प्रदान गरिएको हो ।नगद १ लाख रुपैयाँसहितको सम्मान शाहलाई कामना प्रकाशनका अध्यक्ष एवं सिईओ दिरेकलाल श्रेष्ठ, सिजी ईन्टरटेन्मेन्टकी प्रवन्ध निर्देशक मेघा चौधरी, कामना मासिकका सम्पादक विदुर गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा प्रदान गरे । शाह अभिनेता, निर्माता, निर्देशक तथा गीतकार पनि हुन् ।

कार्यक्रममा प्राविधिक तर्फको ‘कामना लाईफ​टाईम​ एचिभमेन्ट​ अवार्ड २०७६’ मेकअप आर्टिष्ट सन्तु तामाङलाई प्रदान गरियो । तामाङलाई पर्दा पछाडी रहेर पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै नगद १ लाख रुपैयाँ सहितको यो सम्मान दिइएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!