कोरोना भाइरस संक्रमितका लागि प्रयोग गर्न सकिने दावी सहित पतंजलिले सार्वसनिक गरेको औषधिका कारण वावा रामदेव र आचार्य बालकृष्ण अप्ठेरोमा परेका छन् । कोरोनाको लागि भन्दै गत मंगलवार पतञ्जलीले औषधि सार्वजनिक गरेको थियो ।सार्वजनिक भए लगत्तै आयुष मन्त्रालयले औषधि विक्रिवितरण र प्रचार प्रसारमा रोक लगाएको थियो । मन्त्रालयले प्रचार प्रसारमा लगाएको रोक पछि पतञ्जलीले औषधि कोरोनाका लागि उपचारमा सहयोगी हुने पुष्टि सहितको कागजपत्र मन्त्रालयमा बुझाएको दावी गरेका थिए । तर मन्त्रालयले उनीहरुको दावी अस्वीकार गरिदिएको छ । औषधि विक्रवितरण र उत्पादनको अधिकार दिने अधिकारीक निकायलेले नै पतञ्जलीको यो औषधि माथि प्रश्न उर्ठाको छ । कोरोनामा लाभकर हुने दावी सहित पतञ्जलीले कोरोनिल सार्वजनिक गरेको थियो । उत्तराखंडको आयुर्वेदिक विभागले दिव्य फार्मेसीलाई एक नोटिस पठाउँदै औषधिमा लगाइएको लेवलमा कोरोना भाइरसको उपचार भन्दै गलत प्रचार गरिएका कारण त्यो तत्काल हटाइयोस् ।

विभागले भनेको छ, सो औषधिमा प्रयोग गरिएको जडिवुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएपनि कोरोनाकै उपचारमा उपयोगी हुने पुष्टि हुन सक्दैन । त्यसैले कोरोनाको उपचारका लागि भन्दै लगाइएको लेवल गलत भएका कारण त्यो नहटाइए कारवाही समेत गर्न सकिने छ । कोरानाको किटका नाममा औषधि बेच्न कसैलाई पनि लाइसेन्स नदिएका कारण पतञ्जलीले गलत प्रचार गर्न नपाउने विभागको भनाई छ । त्यसैले कसैले पनि कोरोनाको उपचारमा उपयोग हुने दावी सहित लेवल नै लगाएर औषधि विक्रिवितरण गर्न पाइने छैन ।आयुर्वेदिक विभागका अनुसार कोरोनिललाई रुखाखाकी, स्वासप्रस्वास सम्बन्धि रोगका विरामीका लागि रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि उपयोग गर्न अनुमति दिइएको हो, तर कोरोनाका उपचारमा प्रयोग गर्न मञ्जुरी दिइएको छैन । पतञ्जलीले गत मंगलवार कोरोनाको भन्दै एक औषधि सार्वजनिक गरेको थियो । पतञ्जलीका बावा रामदेवले कोारोनिलले कोरोनाका विरामीको उपचारमा सय प्रतिशत काम गर्ने दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!