जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरुले हटाउन सक्ने व्यवस्था संविधानमा नभएको स्पष्ट पारेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरेका थिए । ओलीको यस्तो अभिव्यक्ति आएपछि नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।भट्टराईले ट्विटरमा लेखेका छन्,’बहुमत प्राप्त प्रम @kpsharmaoli लाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।तर अहिले हटाए नक्सा छापेको करणले हुने! भोलि सलहले दुख दिएको बेला हुने! पछि बाढीपैरो आएको बेला हुने! अलिपछि दशैंतिहारको बेला हुने! अनि जाडोको बेला हुने!उचित बेला चैं कैले रच हँ?’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!