आइतबार, पौष २०, २०७६ || 1082  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष-२०

रसुवाको लाङ्टाङ जङ्गलमै दुर्लभ बन्दै गएको कस्तुरी अचेल लाङ्टाङवासीका घरआँगनमा नाच्न थालेका छन् । लाङ्टाङमा कस्तुरीको सङ्ख्यामा वृद्धि भएपछि स्थानीय बासिन्दाका घरआँगनमा कस्तुरी देखिन थालेका हुन् । कस्तुरीका लागि आवश्यक चरिचरन र वासस्थान सुरक्षित भएपछि सङ्ख्या बढेको हो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जले यस क्षेत्रका जङ्गलमा दाउरा काट्न नदिएपछि कस्तुरीको सङ्ख्या वृद्धि भएको स्थानीयवासी बताउँछन् । लाङ्टाङवासीले दाउराको सट्टा वैकल्पिक ऊर्जा र ग्यास प्रयोग गर्न थालेसँगै जङ्गल संरक्षण भई कस्तुरी बढ्न थालेको हो । अहिले घरआँगनमा कस्तुरी नाच्न थालेको स्थानीय ग्याल्बु लामाले बताए ।

लाङ्टाङमा वैकल्पिक ऊर्जा प्रयोग र जङ्गल संरक्षण गर्न राष्ट्रिय निकुञ्ज, नेपाली सेना, मध्यवर्ती क्षेत्र उपभोक्ता समूह र हिम चितुवा संरक्षण समूहले नियमित गस्ती थालेपछि कस्तुरी तथा वन्यजन्तु बढेका छन् । लाङ्टाङ गाउँमाथि र क्यान्जिन हिम उपत्यका पारिको जङ्गलमा ठूलो सङ्ख्यामा कस्तुरी देख्न थालिएको लामाले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा हेमनाथ खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!