शनिबार, आषाढ १३, २०७७ || 715  पटक पढिएको

नेदरल्यान्ड्सका एकजना चिकित्सकले गर्भाधारणको स मस्या लिएर आउने आफ्ना बिरामीलाई वी र्य परीक्षण गर्ने बाहानामा झुक्काएर आफ्नै वी र्य दिइ ६० सन्तानको बाबु बनेको खुलासा भएको छ । सन् १९८० देखि २००९ सम्म नेदरल्यान्ड्सको ‘फर्टिलिटी ट्रिटमेन्ट क्लिनिक’को प्रमुखमा कार्यरत् डा.कारवातमाथि गर्भाधारणको उपचारकाक्रममा हजारौं महिलाहरुलाई आफ्नो वी र्य दिएको भन्ने आरोप लागेको छ ।

नेदरल्यान्ड्स निवासी ३० वर्षीय जोय हुडम्यानले डा.कारवाटको तस्वीर देखर आफूजस्तै लागेपछि यसबारे अध्ययन

डा.कारवातको ८९ वर्षको उमेरमा गत महिनामात्रै मृत्यु भएको थियो । मृत्युअगाडि उनले आफ्नो डीएनएको नमुना सुरक्षित राख्न चिट्ठी लेखेको बीबीसीले उल्लेख गरेको छ । निवासी ३० वर्षीय जोय हुडम्यानले डा.कारवाटको तस्वीर देखर आफूजस्तै लागेपछि यसबारे अध्ययन गरेका थिए । उनले अस्पतालमा गएर जब डीएनए परीक्षण गराए, तब थाहा भयो, उनी डा.कारवातका सन्तान् हुन् ।

हुडम्यानले भने–‘जब मैले डाक्टरको फोटो देखें चकित भएँ । अब यो घट ना अदालत पुगेको छ । म ढुक्क छु, डाक्टरले कतिजनालाई वी र्य दिएर झु क्काएका छन् भन्ने कुरा बाहिर आउनेछ ।’

उक्त क्लिनिकले अहिलेसम्म १८ जनाको डीएनए डा.कारवातको डीएनएसँग मिलिसकेको र अरु केहीले यस घटनामा निवदेन दिएको उल्लेख गरेको छ । डा.कारवातको डीएनए मिलेको र निवदेन दिनेहरुको बाबुआमा आफ्नो गर्भधारण समस्याको उपचार गर्न क्लिनिकमा आएर डा.कारवातसँग भेटेको बताइएको छ ।

सन् ७० को दशकमा डा.कारवातले वी र्यदान गर्न आएका मानिसहरुको वी र्यको सट्टा आफ्नै वी र्य दिएर गर्भाधारण गर्न लगाए

त्यस्तै, सन् १९७० मा जुरिड अस्पतालमासमेत काम गरिसकेका डा.कारवातले त्यहाँपनि त्यस्तै कार्य गरेको हुनसक्ने भन्दै गत आइतबार अस्पतालले घटनाको पुष्टि गर्दै छानबिन गर्न अनुसन्धान अगाडि बढाएको उल्लेख गरेको छ ।

लिडन विश्वविद्यालयमा मेडिकल अध्ययन गरेका डा.कारवातले सन् १९७३ मा बिड्राप डोनेसन क्लिनिकबाट पहिलोपटक वी र्यदान गरेका थिए ।

न्युयोर्क टाइम्सकाअनुसार ३६ वर्षीया मोनिएक वास्सेनारले सन्चारमाध्यमलाई डा.कारवाटले मर्नुअघि दाताको वी र्य भन्दै आफ्नै वी र्य धेरै महिलाहरुलाई गर्भाधारण गर्न झु क्काएर दिएको कबुल गरेको बताएकी छन् ।

वास्सेनारका अनुसार डा कारवातको वी र्यबाट कम्तीमा पनि ६०सन्तानले जन्म

उनले डा.कारवातलाई सन् २०११ मा भेटेको र आफ्नो हात देखाउन आग्रह गर्दै आफ्नै सन्तानमध्ये एक भएको बताएको उल्लेख गरेकी छन् । उनकाअनुसार सन् ७० को दशकमा डा.कारवातले वी र्यदान गर्न आएका मानिसहरुको वी र्यको सट्टा आफ्नै वी र्य दिएर गर्भाधारण गर्न लगाएका थिए ।

यस्तो कार्य गर्नुमा वी र्य लिन आउने महिलाहरुले पढे–लेखेको मानिसले दान गरेको वीर्यमात्रै स्वीकार गर्ने शर्त राख्न थालेपछि आफ्नै वी र्य दिनुपरेको डा.कारवातले बताएका थिए ।

वास्सेनारका अनुसार डा कारवातको वी र्यबाट कम्तीमा पनि ६०सन्तानले जन्म लिएका छन् । सन् २००९ मा नेदरल्यान्ड्सको स्वास्थ्य मन्त्रालयले वी र्यदान गर्ने मानिस नभएको बताउँदै उक्त क्लिनिक बन्द गरेको थियो । एजेन्सी/नेपाल समाचार पत्र

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!