बिहिबार, आषाढ ११, २०७७ || 1064  पटक पढिएको

नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशबाहिरबाट आउनेहरुका लागि क्वारेन्टाइन बनाएको छ । तर, तीनै क्वारेन्टाइन भद्रगोल हुँदा सर्वसाधारणले अकालमै ज्यान गुमाइरहेका छन् ।

धनुषाको हंसपुर नगरपालिका ७ पर्साही निवासी राजु सदा । रोजगारीका लागि भारत पुगेका राजु कोरोनाकै कारण काम नपाएपछि साथीहरुसँगै जेठ १४ गते घर फर्किए । नगरपालिकाले उनीहरुलाई लौवाखोरमा सञ्चालन गरेको क्वारेन्टाइनमा राखेको १० दिनपछि नमुना संकलन गरियो । राजुलाई क्वारेन्टाइनमै पखाला लाग्यो । तर, कोरोनाको लक्षण भन्दै राजुलाई आइसुलेसनमा लिएर पनि उपचार नै गरिएन । जसका कारण १४ दिनसम्म पनि कोरोना रिपोर्ट नआउँदा छुटपटाउँदै राजुको ज्यान गयो ।

मृत्युपछि कोरोना नेगेटिभ आएका राजु सदा त एक जना पात्र मात्रै हुन् । देशभर सञ्चालित क्वारेन्टाइन हुन् वा आइसुलेसनमा बिरामी उपचार नपाएरै अकालमै ज्यान गुमाइरहेका छन् । कोरोनाकै कारण मृत्यु भएका तीन÷चार जना बाहेक अन्य ब्यक्तीको मृत्युपछि कोरोना पुष्टि हुनुले पनि सरकारको परिक्षणको दायरा कति सुस्त छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । बुटवलस्थित आइसुलेसन, सीमा नाका, बाटोमा मात्रै होइन बाँकेको क्वारेन्टाइन अर्घाखाँचीमा आत्महत्या गर्नुले बनाइएका क्वारेन्टाइन र आइसुलेसन कति सुरक्षित छन् भन्ने प्रष्टै देखाउछ ।

अझ धनगढीको क्वारेन्टाइनमा त सामुहिक बलात्कारको घटनाले संघीय, प्रदेश र स्थानीय तहले जनताको उपचार र सुरक्षा कत्ति पनि ध्यान पर्याएका छैनन् भन्दा फरक पर्देन ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि करिव १० अर्व खर्च भएको सार्वजनिक गर्दा क्वारेन्टाइन र आइसुलेसन लथालिंग र भद्रगोल अवस्थाले खर्चमै प्रश्न उठिरहेको छ । अर्कोेतर्फ दैनिक कोरोना भाइरस संक्रमित ह्वात्तै बढ्नु क्वारेन्टाइनको अस्तब्यस्थता देखिएको छ । सरकार भनिरहेछ भौतिक दुरी कायम गरौं खानपिनमा ध्यान दिऔं सावुन पानीले हात धोऔं । तर, क्वारेन्टाइन र आइसुलेसनको अवस्थाले सरकारको भनाईलाई आफै गिज्याइरहेको छ र त भाग्नेहरुको संख्या पनि बढेको छ ।

तस्विर : आइसोलेसनमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका ७ पर्साही निवासी राजु सदा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!