बिहिबार, आषाढ ११, २०७७ || 591  पटक पढिएको

रुकुम(पश्चिम)का स्थानीय तहले आगाामी आर्थिक वर्ष २०७७÷०७८ मा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन् । स्थानीय तहमै रोजगारी सिर्जना गर्ने भनी जिल्लाका स्थानीय तहले नीति, कार्यक्रम र बजेट तयार पारेका छन् ।
मुसीकोट नगरपालिकाले “नगर प्रमुख रोजगार कार्यक्रम” सञ्चालन गर्ने भएको छ । नगरका युवालाई रोजगार सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नगरपालिकाले सो कार्यक्रम सञ्चालन गर्ने भएको हो । नगरपालिकाले कृषि, पर्यटन, उद्योग, सहकारी तथा वित्तीय संस्थालगायत क्षेत्रमा युवालाई रोजगारी दिने गरी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख देवीलाल गौतमले बताउनुभयो । नगरपालिकाले रु ७० करोड ३६ लाख ६८ हजार १६५ को बजेट ल्याएको छ ।

चौरजहारी नगरपालिकाले पनि “प्रधानमन्त्री रोजगार कार्यक्रम” र “मुख्यमन्त्री रोजगार कार्यक्रम” सँंग तादम्यता हुने गरी “नगर प्रमुख रोजगार कार्यक्रम” मार्फत नगरवासीको आयस्रोतमा वृद्धि र रोजगारी सिर्जना गर्ने जनाएको बुधबार नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाका बेरोजगारलाई रोजगारी दिने गरी कार्यक्रम बनाउन लागिएको नगर प्रमुख विशाल शर्माले बताउनुभयो ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड २० लाख ९२ हजार ४७० को बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट ल्याएका जिल्लाका सानीभेरी र बाँफिकोट गाउँपालिकाले पनि कुनै न कुनै क्षेत्रबाट रोजगारी सिर्जना गर्ने र व्याप्त रोजगारीलाई कम गर्ने नीति अवलम्बन गर्ने भएका छन् । कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा बढीभन्दा बेरोजगारलाई जोड्ने गरी नीति, कार्यक्रम र बजेट केन्द्रित भएको दुई गाउँपालिकाको भनाइ छ ।

यही असार १० भित्र नीति, कार्यक्रम र बजेट पेश गर्ने प्रावधानअनुसार जिल्लाका ६ मध्ये चार स्थानीय तहले मात्र समयमै नीति, कार्यक्रम र बजेट ल्याएका छन् । कोरोना भाइरसका कारण तयारी नपुगेको जनाउँदै आठबीसकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले नीति, कार्यक्रम र बजेट असार १५ भित्र ल्याउने जनाएका छन् । सानीभेरीले ८ गते, बाँफिकोटले ९ गते तथा मुसीकोट र चौरजहारी नगरपालिकाले असार १० गते नीति, कार्यक्रम र बजेट गाउँ तथा नगरसभामा पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!