हिपमत डटकम
काठमाडौं,पौष-२०
प्रायः सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त रहेका बेला सरकारले त्यस्ता आयोजनाको सूची बढाउँदै लगेको छ । संसद्मा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनासहित तीन वटा आयोजनालाई गौरवका आयोजनाका रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लागेको छ
गौरवका आयोजनाको सूचीमा थपिन लागिएका अनय दुई आयोजना सुनकोशी मरिन सिँचाइ आयोजना तथा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम हुन् । आयोग स्रोतका अनुसा यी आयोजनालाई सूचीमा राख्न प्रोजेक्ट बैंकमा प्रविष्ट गराउने प्रक्रिया अघि बढाइएको छ ।