बिहिबार, आषाढ ११, २०७७ || 918  पटक पढिएको

ओखलढुंगा लिखु-६ गाम्नाङटार स्थितमा एम्बुलेन्स दुर्घटना हुदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा लिखु-४ यसम बस्ने २२ बर्षय सुदर्शन खत्री रहेका छन । आज बिहान प्रदेश नम्बर ३-०१-००२ झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागी लिखुबाट गाम्नाङटार तर्फ जादै गर्दा एक्कासी अनियन्त्रित भई काक्तिके भिरबाट अन्दाजी २०० मिटर तल खसी दुर्घटना हुँदा चालक खत्रीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटना भएको एम्बुलेन्स लिखु गाउँपालिकाको रहेको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!