भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले शुरु गर्न लागेको विशेष रोजगार आयोजनाको यही जुन २६ मा उद्घाटन गर्नुहुने भएको छ । भारत सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका कम्तीमा पनि १ करोड २५ लाख मानिसलाई रोजगारी दिने योजनाअनुरुप शुरु गर्न लागेको हो ।

‘विशेष रोजगार आयोजना’ नाम दिइएको यस आयोजनाबाट भारतको सरकारले यहाँका महिला र पुरुषगरी १ करोड २५ लाख नागरिकलाई रोजगारी दिने बताइएको छ ।यही जुन २६ मा प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाटै उद्घाटन गर्न लाग्नुभएको जनाइएको छ ।

यो आयोजना भारतको उत्तर प्रदेशका विशेषगरी छ ओटा जिल्लाका लागि लक्ष्य गरिएको छ । उक्त आयोजनाको उद्घाटनपछि प्रधानमन्त्री मोदीले यस आयोजनाबाट लाभ लिन लागेका ती जिल्लाका केही स्थानीय नागरिकहरुसँग पनि कुराकानी गर्नुहुने बताइएको छ ।

गोरखपुर लगायतका छ जिल्लाका जनताले यो आयोजनाबाट रोजगारी पाउने भएका हुन् । सो आयोजनाको उद्घाटनपछि उहाँले ती जिल्लाका महिला र पुरुषसँग अन्तक्र्रिया गर्नुहुने बताइएको छ । यो आयोजनालाई भारतको सबैभन्दा ठूलो रोजगार आयोजनाका रुपमा लिइएको छ । यस आयोजनाको सञ्चालनबाट उत्तर प्रदेशमा विभिन्न सीप विकासका कार्यक्रमहरु सञ्चालन गरिने मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिनुभयो ।

तर उत्तर प्रदेशमा यति धेरै मानिसलाई रोजगारी दिने भनी भारतको सरकारले प्रचार गरेको यस कार्यक्रमप्रति भारतका विभिन्न विपक्षी राजनीतिक दलहरुले भने विश्वास गरेका छैनन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!