बुधबार, आषाढ १०, २०७७ || 663  पटक पढिएको

मोरङ चेम्बर अफ कमर्सले उद्योग तथा ठुला व्यापारीहरुलाई लकडाउन अवधिभरको बैंक ब्याज र करमा छुट दिनुपर्ने माग गरेको ।

हालै जारी भएको संघ तथा प्रदेशको बजेटका विषयमा अवधारणा सार्वजनिक गर्ने कार्यक्रममाझ मोरङ चेम्बरले यस्तो अवधारणा अघि सारेको हो । कार्यक्रममा अवधारणा प्रस्तुत गनुहुदै मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष स’रेशमान श्रेष्ठले साना उद्योगी तथा साना व्यापारीहरुलाई बैंक ब्याज र करमा छुटका साथै ५ लाखसम्मको ऋण मिनाहाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले कृषकलाई समेत बैंक ब्याज र करमा छुटका साथै साना किसानबाट लिएको ऋण मिनाहाको ब्यवस्था गनुपर्ने लगायतका माग राख्नुभयो ।

लकडाउनको समयमा नेपाल राष्ट्र बैंकको निर्देशनमा उद्योगी ब्यवसायीह?लाई बैंक ब्याजमा केही राहतको ब्यवस्था गरेको तर कतिपय बैंक तथा वित्तीय संस्थाह?ले विभिन्न बहाना बनाई निर्देशित छ’ट नदिएको बताउनुभयो । मोरङ चेम्बर अफ कमर्सले संघ र प्रदेश सरकारले बजेटमार्फत अघि सारेका केही कार्यक्रम सकारात्मक तथा समयसापेक्ष भए पनि त्यसको कार्यान्वयन पक्षको जटिलता भने यथावत रहेको जनाएको छ ।

सरकारी निकायहुलाई समेत दुस्त राख्न नसकिरहेको अवस्थामा निजी क्षेत्रमा पनि अनुगमन गर्ने गरी अख्तियारलाई अधिकार दिने गरी विधेयक ल्याउनु देशका सम्पुर्ण उद्योगी व्यवसायी त्रासमा रहेको संघको भनाइ छ । अख्तियारलाई अझ बदनाम गराउने नियतले विधेयक ल्याएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष स’रेन्द्र गोल्छा, उपाध्यक्ष शिवप्रसाद रिजाल, महासचिव कृष्णप्रसाद दाहाल र कोषाध्यक्ष मनोजक’मार मिश्र लगायत संचारकर्मीह?को सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!